मनिषा कोइरालाको नयाँ बलिउड फिल्म ‘लस्ट स्टोरी’ को यस्तो छ ट्रेलर

Leaderboard Banner

काठमाडौँ। नेपालकी अभिनेत्री मनिषा कोइराला अभिनित चलचित्र ‘लस्‍ट स्‍टोरी’ को ट्रेलर रिलिज भएको छ। यो नेटफ्लिक्सका तेस्रो भारतीय ओरिजिनल चलचित्र हो।

यो फिल्ममा चार भागको छुट्टा-छुट्टै चार कहानी रहेको छ जुन चार अलग-अलग निर्देशकले निर्देशन गरेका छन्। यो फिल्म करन जोहर, अनुराग कश्‍यप, जोया अख्‍तर र दिबाकर बेनर्जीले निर्देशन गरेका हुन्। फिल्ममा राधिका आप्‍टे, भूमि पेडनेकर, विक्‍की कौशल, कियारा आडवानी, मनीषा कोयराला, सञ्जय कपूर र नेहा धूपिया जस्ता स्टारहरु छन्। ती चारै कहानी आधुनिक जीवनशैलीको प्रेम र सम्बन्धमा आधारित रहेको छ।

फिल्ममा राधिका आप्‍टे एक कलेज प्रोफेसरको भूमिका निभाईरहेकी छिन् र यो अनुराग कश्‍यपले निर्देशन गरेका हुन्। त्यस्तै भूमि पेडनेकर एक नोकर्नीको भूमिकामा छिन् जो आफ्नो मालिकको छोरालाई प्रेम गर्छिन्। यो कहानीलाई जोया अख्‍तरले निर्देशन गरेका हुन्। करनको तेस्रो भागमा कियारा आडवानी, विक्‍की कौशल र नेहा धूपिया छन् जबकि चौथो कहानी मनीषा कोइराला, सञ्जय कपूर र जयदीप अहलावतको हो। पति सञ्जयको साथीसँग मनीषाको एक्स्ट्रा म्यारिटल अफेयर चलिरहेको हुन्छ। यो भाग दिबाकर बनर्जीले निर्देशन गरेका हुन्। ५ वर्ष अघि यी सबै निर्देशक( करन जोहर, अनुराग कश्‍यप, जोया अख्‍तर र दिबाकर बेनर्जी)हरु मिलेर फिल्म ‘बम्बे टकिज’ निर्देशन गरेका थिए। फिल्मले समिक्षकहरूबाट राम्रै रिभ्यु पाएको थियो तर बक्स अफिसमा भने कुनै कमाल गर्न सकेन । (एजेन्सी)

प्रकाशित : सोमबार, जेठ ०७, २०७५१३:४७
अर्को समाचार:

करीनादेखि लारासम्म बिल्कुल कार्बन कपी छन् तिनका बच्चा, तस्बिर हेर्नु भएमा आँखाले अवश्यै धोका खान्छ !