के हो कपिलवस्तु काण्ड ? पिडितलाई राहत माग्दै मन्त्रालयसम्म पुगे पोख्रेल

Leaderboard Banner

अशोक पोख्रेल,  कपिलवस्तु

२०६४ भाद्र ३० को कपिलबस्तु घटनाका पिडितहरुलाई राहतको माग गर्दै पिडित सर्घष समितिका अध्यक्ष महादेव पोख्रेलको टिम राजधानि पुगि बिभिन्न मन्त्रालयमा ध्यानार्कषण गराएको छ । ११ बर्ष बित्दा समेत सरकारले मुद्धालाई बिचाराधिनमा राखेको पिडितलाई धेरै पटक राहत दिने भने पनि पिडितले राहत नपाएकोले बिभिन्न मन्त्रालय घच्घचाउन आफु काठमाडौ पुगेको पोख्रेलले बताउनु भयो । यसै क्रममा पोख्रेलको टोलिले नेपाल सरकारका रक्षा मन्त्री ईश्वर पोख्रेल , नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा बादल, घटनाको समय नेपाल सरकारका तत्कालीन गृहमन्त्री वामदेव गौतम तथा शान्ति तथा पुनर्निमार्ण मन्त्री जनार्दन शर्मा लगायतलाई भेटेर क्षतिपुर्तिको बारेमा ध्यानार्कषण गराएको छ । ११ वर्ष वित्दा सरकारले पहिला भन्दा अहिले कपिलवस्तु घटनालाई चासो दिएको र सदनमा पनि कुरा उठेको हुँदा पिडितले राहत पाउने आशा बढेको पोख्रेलले बताउनु भयो । त्यस्तै कपिलवस्तुका अन्य एजेन्डाहरु पनि सरकारमा उठाएको पोख्रेलले बताउनु भयो ।

के हो कपिलवस्तु काण्ड ?
कपिलवस्तुका महादेव पोख्रेललाई ११ वर्ष अघि कपिलवस्तुको चन्द्रौटा क्षेत्रमा भएको त्यो हिंसात्मक घटना सम्झिन मन लाग्दैन तर, बाध्यता छ । किनकी आँखै अगाडि १४ जनाको निर्ममतापूर्वक हत्या भयो । चन्द्रौटाको बजार हेर्दाहेर्दै खरानी भयो, दर्जनौं सवारी साधनमा पनि आगो दन्कियो । व्यापारिक केन्द्र चन्द्रौटा सम्सानघाट जस्तो बन्यो ।
कुरा आजभन्दा करिव ११ वर्ष अघि २०६४ साल भदौ ३० गतेको हो । कपिलवस्तु कुदरवेटवाका लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता अब्दुल मोहिद खाँको अज्ञात समूहले गोली हानी हत्या गरेपछि कपिलवस्तुमा हिंसा भड्कियो । १४ जनाले हिंसामा ज्यान गुमाए, कैयौ चेलिहरुलाई बलत्कारको सिकार बन्नु परयो र थुप्रै घाइते भए । त्यतिमात्रै होइन हजारौ घरधुरी खरानि बने, सायौको संख्यामा गाडिहरु जले, धन माल लुटियो , हजारौ मान्छेहरु विस्थापित भए । कपिलवस्तु घटनाका पीडितहरु न्याय र उचित क्षतिपूर्ति माग्दै संघर्षमा उत्रिए । तर, अहिलेसम्म पनि माग सुनुवाई भएको छैन ।

घटना छानविनका लागि तत्कालीन सरकारले लोकेन्द्रबहादुर मल्लिकको संयोजकत्वमा समिति गठन गरेको थियो । सो समितिको सिफारिस अनुसार मृतकका परिवारलाई पाँच पाँच लाख रुपैयाँ दिइएको थियो । तर सो घटनामा घाइते भएका र भौतिक सम्पत्ति क्षति भएकाहरुले राहत नपाएको गुनासो गरेका छन् । पीडितहरुले हरेक वर्ष भदौ ३० गतेलाई कालो दिनको रुपमा स्मरण गर्छन् र शान्तिपूर्णरुपमा आफ्ना माग राख्छन् ।

अज्ञात समूह द्धारा हत्या भएका खाँ कुदरवेटवाका हुन् । कुदरवेटवा मुस्लिम बाहुल्य गाउँ हो । जहाँ घटना भएको चार पाँच वर्षपछिसम्म पनि पहाडी समुदायका व्यक्ति जान डराउँथे । किनकी खाँलाई ढाका टोपी लगाएको व्यक्तिले गोली हानेको हल्ला फैलिएको थियो । तर, हत्यामा संलग्न व्यक्ति को हो एकीन भएको छैन । कतिपयले माओवादीले हत्या गरेको पनि बताए । माओवादीले भने त्यसको खण्डन गर्दै आएको थियो ।

धार्मिक वा जातीय दंगा भड्किने डरले स्थानीय प्रशासनले सो वरपरको क्षेत्रलाई सुरक्षाको हिसाबले संवेदनशील मानेको थियो । मुस्लिम गाउँ कुदरवेटवा गाउँमा पहाडे मुलका व्यक्तिहरु जानै डराउँथे । त्यसैले स्थानीय प्रशासनले पनि सो क्षेत्र वरपरमा छुट्टै सुरक्षा टोली परिचालन गर्दथ्यो ।

अहिले सुरक्षा सुनिश्चितता र सदभाव बढ्दै गएपछि चन्द्रौटामा बसाइ सर्नेको चाप पनि उत्तिकै छ । खासगरी अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा लगायतका पहाडी जिल्लाबाट सयौंको संख्यामा मानिस चन्द्रौटामा बसाइ सरेका छन् र व्यापार व्यावसायमा लागेका छन् । चन्द्रौटा बजारमा पछिल्लो समय धैरे उद्योेग, कलकारखाना, शैक्षिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएका छन् । प्रशासनले भरपर्दो सुरक्षा व्यवस्था कायम गरेपछि पूर्वाधारको विकास र धार्मिक सदभाव पनि कायम भएको स्थानीय बताउँछन् ।

प्रकाशित : आइतबार, जेठ ०६, २०७५१८:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गुल्मीको रेसुङ्गा विमानस्थलमा सफल परिक्षण उडान ! ( भिडियो हेर्नुस् )