शुटिंगको लागि घरबाट निक्लेकी भोजपुरी अभिनेत्रीको बाइक दुर्घटनामा मृत्यु

Leaderboard Banner

काठमाडौँ। भारतको उत्तर प्रदेश(युपी) स्थित बलिया जिल्लामा भएको सडक दुर्घटनामा परी भोजपुरी चलचित्रकी अभिनेत्री मनिषा रायको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ। भोजपुरी सिनेमा जगतकी चर्चित अभिनेत्री मनीषा राय आफ्नो सहयोगीसँग शुटिंगको लागि घरबाट निस्केकी थिईन।

प्रहरी अधिक्षक एस पी गांगुलीका अनुसार भारतको उत्तरी राज्य उत्तर प्रदेशको शहर वाराणसी निवासी मनीषा राय भोजपुरी चलचित्रकी चर्चित अभिनेत्री थिईन। प्रहरी अधिक्षकले सञ्चार माध्यमलाई बताए कि मनीषा एक भोजपुरी फिल्मको शुटिंगको सिलसिलामा सहयोगी सञ्जीव मिश्रको साथ बाइकमा मनियर गईरहेकी थिईन। उनले बताए कि बाइक बासडिह भन्दा केही अगाडी छितौनी नजिक पुगेको थियो। त्यहीं नै अगाडीबाट तीव्र गतिमा आएको कारले ठक्कर दियो। अभिनेत्री सवार बाइक र कार एक–आपसमा ठक्कर खाँदा अभिनेत्रीको घटनास्थलमै मृत्यु भएको छ भने बाइक चालक घायल भएका छन्। घटनापश्चात कारका चालक फरार भएका छन् । मनीषा राय भोजपुरी भाषामा बनेको शर्ट फिल्म  ‘कोहबर’ को कारणले चर्चामा रहेकी थिईन।

प्रहरीले तुरुन्तै घटनास्थलमा पुगी  दुर्घटना ग्रस्त बाइक कब्जामा लिएका छन् र मृतकको शव पोस्टमार्टमको लागि पठाएका छन्। प्रहरीलाई दुर्घटनाको सूचना स्थानीयले दिएका थिए। दुर्घटनाको खबर पछि भोजपुरी चलचित्रसँग सम्बन्धित अन्य स्थानीय कलाकारहरुले गहिरो दु:ख गरेका छन्।

(एजेन्सी)

प्रकाशित : शनिबार, जेठ ०५, २०७५१६:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बिजुलीको पोलबाट करेन्ट लाग्दा दुई युवतीको मृत्य: आक्रोशित स्थानीयले शव उठाउन मानेनन्