पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्ने, नेपाल आयल निगमको यो कस्तो लुट ?

Leaderboard Banner

काठमाडौं ,  बुधबमरमात्रै पेट्रोल, डिजेल र मटीतेलको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले फेरि मूल्य बढाउने संकेत गरेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा स्थानीय बजारमा समायोजन नै नगरी अटेरी गर्दै आएको निगमले पछिल्लो ३ महिनामै ४ पटक मूल्यवृद्धि गरिसकेको छ । आजको कारोबारमा समाचार छ ।

पेटोलियम पदार्थमा मूल्यवृद्धि हुँदा समग्र उपभोक्ता मुद्रास्फीतिमा चाप पर्छ ।  अन्तरष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उकाले लाग्दै गएको छ । तर, निगमले यसअघि इन्धनको मूल्य ओरालो लाग्दा अत्याधिक नाफा कमाएको र सो नाफाबाट मूल्य स्थिरीकरण कोषको अवधारणा अघि सारेको थियो ।

तर, अहिले कच्चा तेलको मूल्यमा सामान्य वृद्धि हुँदासमेत उपभोक्तामा त्रास फैलाउनेगरी मूल्य बढाउन निगम लागिपरेको देखिन्छ ।

प्रकाशित : शुक्रबार, जेठ ०४, २०७५०८:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नक्कली नोट बारे फिल्मका निर्देशक खनालले दिए यस्तो प्रतिक्रिया