प्रदेश-३ को आ.वा. २०७५/२०७६ को विनियोजन ‘प्रि बजेट’ प्रस्तुत

Leaderboard Banner

हेटौडा – प्रदेश न ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पहिलो प्रदेश सभाका साथै पहिलो सरकार पनि भएको कारण प्रदेशको बजेट निर्माण र कार्वान्वयन दुवै चुनौतिपूर्ण रहेको बताएका छ। आर्थिक बर्ष २०७५/२०७६ को विनियोजन विधेयकका सिद्दान्त र प्रथामिकताको सन्दर्भको प्रि बजेट प्रस्तुत गर्दै मन्त्री ढुंगेलले उक्त कुरा बताएका हुन् ।

प्रदेश -३ को बजेटमा सुशासन ,आर्थिक विकास ,कृषिको आधुनिकीकरण ,पर्यटन प्रबर्धन ,प्रदेशका गौरबको योजनाहरु र मुख्यमन्त्री ग्रामिण सडक निर्माण लगायतको बिषयहरुलाई उच्च प्राथमिकतामा परेका छन्, ढुंगेलले भने । बजेटमा अनुदानको बिषयमा सरकार गम्भीर रहेको भन्दै परिणाममुखी अनुदान वितरण, सिमान्तकृत समुदाय लक्षित कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ। यसका साथै शिक्षा, स्वास्थ, संस्कृतिक धरोहरको बिषयलाई पनि बजेटमा महत्व दिईएको छ।

बजेटमा प्रदेश न ३ का १३ जिल्लामा नै सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म कालोपत्रे ,प्रत्येक स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल, विधालय, नमुना विद्धुत गृहका साथै शीत भण्डारणकक्ष निर्माण समेतलाई प्राथामिकतामा राखिएको छ। आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले बजेट प्रस्तुत गर्दै प्रदेश सरकारले औधोगीकरणलाई बढावा दिनुका साथै कृषिलाई निर्यातमुखी बनाउने गरी योजना तर्जुमा गरिएको बताए।

अन्तमा उनले प्रत्येक मन्त्रालयले प्रथामिकतामा राखेका योजनाहरुलाई बिस्तृत र गहन छलफल गरेर मात्र बजेट ल्याइने बताए ।

प्रकाशित : बिहिबार, जेठ ०३, २०७५०१:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

लगातार घट्दै सुनको मूल्य: चाँदीको मुल्य स्थिर, हेर्नुस् कति छ आजको भाउ?