नेकपा एमाले र माओबादी केन्द्र भङ्ग !

Leaderboard Banner
फाईल फोटो

काठमाडौँ । नेकापा एमाले र नेकपा माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक बसिसकेपछि बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पार्टीको संयुक्त बैठक बसी दुई पार्टी भङ्ग भई नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी भएको घोषणा गरिएको छ ।

नेकपा एमाले र नेकपा माओबादी केन्द्र दुवै पार्टीको संयुक्त  बैठकले पार्टी एकतालाई अनुमोदन गरेपछि बसेको संयुक्त बैठकले दुबै पार्टी भंग गरी नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीको घोषणा गरेको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रीतको २५ औँ स्मृति दिवसको अवसर पारेर एकीकृत नेपाल कम्युनिष्ट पार्टी घोषणा गरिएको छ। यतिबेला राजधानीको राष्ट्रिय सभागृहमा नेकपाको पहिलो बैठक बसिरहेको छ।

प्रकाशित : बिहिबार, जेठ ०३, २०७५१७:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एमाले-माओबादी केन्द्रबीच पार्टी एकता भए लगत्तै डा. बाबुराम भट्टराईले लेखे यस्तो बोल्ड स्टाटस