नेपाल कम्युनिष्ट पार्टीको पहिलो बैठक गोकर्ण रिसोर्टमा

Leaderboard Banner

काठमाडौँ । नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीच पार्टी एकीकरण भईसकेपछिको नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’को पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्ने भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको पार्टी एकता संयोजन समितिको बैठकले पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्ने निर्णय गरेको एमाले नेता कृष्णगोपाल श्रेष्ठले जनाएका छन् ।

एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने यसअघि नै सहमति भैसकेको भए पनि निर्वाचन आयोगमा सोहि नामको अर्को पार्टी पहिले नै दर्ता भइसकेकोले नामको विषयमा केहि अन्योलता छाएको छ।

आज बेलुका राष्ट्रिय सभागृहमा एमाले र माओबादीबीच पार्टी एकताको घोषणा हुँदै छ  ।

प्रकाशित : बिहिबार, जेठ ०३, २०७५१५:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भारतीय राजदुतावास सम्पर्क कार्यालयमा बम हानेको अभियोगमा थप एक जना पक्राउ !