पार्टी एकताको खुसियालीमा ओली र प्रचण्डले रोपे आणुविक बमले पनि मार्न नसक्ने विरुवा (तस्विरसहित)

Leaderboard Banner

काठमाडौं । बिहिबार स्वर्गीय जननेता मदन भण्डारी र जीवराज आश्रितको २५औँ स्मृति दिवसका अवसर परेर आज हुन लागेको पार्टी एकता घोषणा अगाडी नै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा  अणु वमले पनि  नष्ट गर्न नसक्ने रुखको विरुवा रोपेर पार्टी एकताको उदघोष गरेका छन् ।

तस्विर – सरोज दाहाल

उक्त अवसरमा ओलीले ससाना तत्वहरु मिसाएरै खतरनाक बन्ने बताउंदै अब बन्न लागेको नयाँ पार्टी पनि त्यस्तै ससना तत्वहरुको समिश्रणबाट बनेको बताए। बालुवाटारमा पुगेका पार्टी एकता संयोजन समितिका सम्पूर्ण सदस्यहरुले सामुहिक रुपमै जापानी प्रजातिको जिनको नाम गरेको विरुवा रोपेका हुन्।

एमाले नेता डा. राजन भट्टराईका अनुसार यो बोटले वर्षमा तीन वटा रङ फेर्छ। र, यसलाई शक्तिशाली अणुबमले पनि नष्ट गर्न सक्दैन। पार्टी एकीकरणको खुशियालीको अवसरमा  वृक्षरोपण गरिएको ओलीको सचिवालयले जनाएको छ ।

बिभिन्न औषधीहरु बनाउन पनि प्रयोग हुने यो जिन्को बोट संसारकै पुरानो वनस्पति मानिन्छ यो विरुवाको अस्तित्व २७० मिलियन वर्षअघि पृथ्वीमा रहेको वैज्ञानिकहरुले उल्लेख गरेका छन्  ।

प्रकाशित : बिहिबार, जेठ ०३, २०७५१४:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एमाले-माओवादीले बनाए ९ सदस्यीय ‘हाइकमाण्ड’ !