५ दिनमै ऐश्वर्याको इंस्टाग्राममा २५ लाख फलोअर्स, तस्विर देखेर फिदा भए फ्यानहरु!

Leaderboard Banner

एजेन्सी, बलिउडकी ब्युटी क्विन  ऐश्वर्या राय बच्चनको  सौन्दर्य प्रति हर कोहि फिदा हुन्छन्।  ऐश्वर्या हालै कान्स फिल्म फेस्टिबलमा उपस्थित भएकी थिइन्।  ऐश्वर्याले आफुलाई  लाइमलाइटबाट टाढा राख्ने कोसिस गरेकी छिन् । अक्सर ऐश्वर्याले मिडियासंग  पनि दुरी बनाएर राख्छिन्। तर अहिले ऐश्वर्या आफ्नो फ्यानहरुको साथ सोशल मिडियासंग जोडिएकी छिन्। ब्यूटी क्विनको  इस्टाग्राममा शानदार  तरिकाले डेब्यु अर्थात् इन्ट्री भएको छ। डेब्यु यो अर्थले कि  उनि  पहिलोपटक इंस्टाग्राममा जोडिएकी  हुन्।

ऐश्वर्याले इंस्टाग्राममा पहिलो तस्विर आफ्नो छोरीको नामको थियो। यसबाहेक ऐश्वर्याले  अहिलेसम्म धेरै तस्विरहरु पोस्ट गरिसकेकी छिन्। जसमा धेरै जसो तस्विर कान्स फिल्म फेस्टिबलको रहेको छ। हालै ऐश्वर्याले एउटा तस्विर पोस्ट गरेकी छिन्। जसमा  ऐश्वर्याको सुन्दरता देखेर लाखौ मानिस फिदा भएका छन्। उनको उक्त तस्विरमा ३ लाख ४६ हजार भन्दा बढीले लाइक गरेका छन्। ४४ वर्ष पुग्दा पनि उनको सुन्दरता कुनै परि भन्दा कम छैन। सायद यसैले होला उनलाई विश्व सुन्दरीको टाइटल मिलेको थियो।  इंस्टाग्राम अकाउन्ट खोलेको ५ दिन नपुग्दै ऐश्वर्यालाई  २५ लाख भन्दा बढीले  फलो गरिसकेका छन्। ऐश्वर्या अब छिट्टै नै चलचित्र फन्ने खानमा देखिनेछिन्।

प्रकाशित : बिहिबार, जेठ ०३, २०७५१४:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आखिर किन घाटीमा लगाएको लकेटकै कारण विवादमा तानिईन प्रियंका चोपडा?