लगातार घट्दै सुनको मूल्य: चाँदीको मुल्य स्थिर, हेर्नुस् कति छ आजको भाउ?

Leaderboard Banner

काठमाडौँ । आज (बिहिबार) नेपाली बजारमा  सुनको मुल्य तोलामा ३ सय रुपैयाँ घटेको छ । हिजो तोलामा ५ सय रुपैयाले घटेको सुनको मुल्य आज फेरी ३ सय रुपैयाले घटेको छ। बुधबार ५८ हजार ७ सय रुपैयामा कारोबार भैरहेको सुनको मुल्य आज ५८ हजार ४ रुपैयाँ पुगेको हो । गत मंगलबार देखि  सुनको मुल्य लगातार घटिरहेको छ।

त्यसैगरी, आज तेजावी सुनको मूल्यको ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। जहाँ हिजो तेजावी सुनको मूल्य ५८ हजार ४  रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज चाँदीको मुल्य स्थिर रहेको छ। आजचाँदीको मूल्य प्रतितोला ७६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित : बिहिबार, जेठ ०३, २०७५१२:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

दुई करोड  ६० लाख नक्कली नोटकाण्ड: गल्ती कसको ? के भन्छन् चलचित्रकर्मी ?