दुई करोड  ६० लाख नक्कली नोटकाण्ड: गल्ती कसको ? के भन्छन् चलचित्रकर्मी ?

Leaderboard Banner

काठमाडौँ । चलचित्र ‘लुट’ का निर्माता माधव वाग्ले बुधबार नक्कली नोटसहित पक्राउ परेका थिए। प्रहरीले उनीसँग बाट दुई करोड  ६० लाख नक्कली नोटहरु नियन्त्रणमा लिएको थियो।

यतिबेला सामाजिक संजाल र अनलाईन न्यूज पोर्टलहरुमा लुट फिल्मका निर्माता नक्कली नोटसहित पक्राउ भन्ने समाचार भाईरल बनेपछि घटनाको सत्य तथ्य नबुझी गलत समाचार आइरहेको भन्दै केहि चलचित्रकर्मीहरुले उक्त कुराको खण्डन गरेका छन्। यसैबीच चलचित्र निर्माता संघले हिजो नै प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति संघको ध्यानाकर्षण भएको जनाएको छ।

संघका महासचीव रोज राणाद्वारा  जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्माता संघका प्रथम उपाध्यक्ष श्री माधव राज वाग्लेलाई प्रहरीले नक्कली नोटको कसुरमा प्रहरीले नियन्त्रण गरेको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, चलचित्र छायाँकनको लागि सिनेमाको कथावस्तु अनुसार छायांकनको लागी नक्कली नोट छपाई गर्ने प्रचलन रही आएको छ, जस अनुसार चलचित्र विकास बोर्डमा दर्ता गरी अहिले छायांकनमा रहेको चलचित्रको ‘चङ्गा चेट’ कथाबस्तु आवश्यक नोटहरू छापिएको र छायाँकनकै क्रममा फिल्मको प्रयोजनका लागि भनी लेखिएकै नोटहरु पनि सुटिंग युनिटका केहि कर्मचारीद्वारा निर्माता माधव वाग्लेलाई फसाउने नियत  बजारमा प्रयोग गरिनु निन्दनीय र गैरकानुनी हो।’

संघले यस काण्डमा वाग्लेको कुनै कसुर नभएको कारण आफ्ना प्रथम उपाध्यक्षलाई कानूनसम्बद्ध अभिलम्ब रिहा ग्रण पनि माग गरेको छ।

                                                                                                               नेपाल चलचित्र निर्माता संघले जारी गरेको विज्ञप्ति    

यद्यपी,  उनीसँग बाट बरामत गरिएका नोटहरुमा आधा जातिमा  फिल्म प्रयोजनको लागि भनेर लेखिएको छ भने आधा नोटमा नलेखेको भेटिएको छ। यस अर्थ किन सबै नोटहरुमा फिल्मको प्रयोजनको लागि नक्कली नोट भनेर लेखिएन भन्ने विषय गम्भीर बनेको छ। त्यसैपनि नेपालमा फिल्मी प्रयोजनका लागि भन्दै पनि नक्कली नोटमा छाप्न पाइने कुनै कानुनी व्यवस्था छैन। त्यसमाथी पनि ‘फिल्मको प्रयोजनको लागि  नक्कली नोट’ भनेर किन सबै नोटहरु उल्लेख गरिएन त कतै यसमा कुनै गलत मनसाय त छैन भने प्रश्न पनि यसले उब्जाएको छ ।

वाग्लेसँगबाट बरामद गरिएको नोटहरु बागबजारस्थित श्री नवज्योती प्रिन्टिङ प्रेसका संचालक प्रकाश सुबेदीले जय भोलेबाबा प्रिन्टिङ प्रेसका संचालक बिकेश नापितको छापाखानामा छापेको खुल्न आएको छ ।

प्रहरीले पक्राउ नियन्त्रणमा लिएको २ करोड ६० लाख बराबरको नोटहरुमा एकै नम्बरका रहेका छन् ।

वाग्ले पक्राउ परेपछी कुन चलचित्रकर्मीले के भने ?

यसै विषयमा चर्चित हास्यकलाकार दिपक राज गिरीले वाग्ले नक्कली नोट काण्डमा पक्राउ गरेकोबारे आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन्। उनले आफ्नो फेसबुक एकाउन्टमार्फत लेख्छन्, ‘घरमा राखेको हतियार कसैले लगेर हत्या गर्छ भने सजाएको भागिदार हतियार प्रयोग गर्ने ब्यक्ति स्वयं नै हुन्छ … लाइसेन्सधारी ब्यक्तिले असाबधानिको मात्रै जिम्मेवारी लिनु पर्छ …..
( निर्माता माधव वाग्ले केश)

गिरीको यस स्टाटसबाट निर्माता वाग्ले पक्राउ पर्नुबारे आपत्ति जानाएको स्पष्ट हुन्छ आउछ । उनले दिएको दृस्टान्तबाट के प्रष्ट हुन्छ भने वाग्लेको गल्ति भनेको ती नककली नोटको सुरक्षा सावधानीपूर्वक गर्न नसक्नु मात्र हो। जसको जिम्मेवारी वाग्ले लिनु पर्छ तर नोटको खास सजायको भागेदारी भने उहि हुनुपर्छ जसले गलत मनसाय र व्यक्तिगत लाभको लागि ती नक्कली नोट बजार सम्म पुर्याएर प्रयोगमा ल्यायो।

त्यस्तै चलचित्र ‘लुट’ कै निर्देशक निश्चल बस्नेतले पनि यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन्। बस्नेतले नेपाल चलचित्र निर्माता संघको प्रेस बिज्ञप्तिसहित आफ्नो अभिव्यक्ति फेसबुकमार्फत सेयर गरेका छन् । अर्को कुरा उनी ‘लुट’ चलचित्रका निर्माता वाग्लेका निर्देशक भएकै कारण निर्माता वाग्लेको बचाऊ गर्नु स्वभाविक पनि देखिन्छ। तर, उनले पनि स्वभाविक र अर्थपूर्ण नै अभिव्यक्ति नै दिएका छन्। उनी लेख्छन्, , ‘सत्य तथ्य चाडै बाहिर अाउँछ । अपराध गर्नेलाई कडा कार्वाही होस् तर निर्दोषको ईज्जत लिलाम नगरियोस।’

बस्नेतको अभिव्यक्ति प्रष्ट नै छ यसको कुनै ब्याख्या विश्लेष्ण गर्नु पर्ने देखिंदैन। जुन तपाईले पनि बुझ्न सक्नु हुन्छ।

यस घटनाले अब के चाहीं प्रष्ट परेको छ भने अबदेखि फिल्म निर्माणको लागि आवश्यक यस्ता प्रप्सहरु निर्माण र यसको नियमन गर्ने सरकारी निकाय बनाउनु पर्ने टड्कारो आवश्यकता छ। हैन भने यसरी अनाधिकृत तरिकाले नक्कली नोटको नेपाली बजार बिगबिगी हुन सक्छ।

प्रकाशित : बिहिबार, जेठ ०३, २०७५१३:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

५ दिनमै ऐश्वर्याको इंस्टाग्राममा २५ लाख फलोअर्स, तस्विर देखेर फिदा भए फ्यानहरु!