फौजदारी सांसदकै पक्षमा कांग्रेस

Leaderboard Banner

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फौजदारी अभियोग लाग्ने बित्तिकै सांसद निलम्बनको प्रस्ताव सांसदमा आए त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

फौजदारी अभियोग लागेका सांसदको अभियोग पुष्टी नभएसम्म निलम्बन गर्न नहुने निष्कर्ष निकालेको छ ।

बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले कुनै पनि हालतमा सो प्रस्ताव संसद्मा प्रस्तुत हुन नदिने अडान राखेको छ । यो खबर आजको सौर्य राष्ट्रिय दैनिकमा प्रकाशित छ ।

बैठकलाई सम्बोधन गर्दै सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले प्रस्तावित संसद् नियमावलीबारे पार्टीले लिएको अडान सही रहेको भन्दै सांसदलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

संसद् नियमावली र सरकारले ७ जेठमा ल्याउन लागेको बजेटको नीति तथा कार्यक्रमको प्राथमिकतामाथि छलफल गर्न बुधबार डाकिएको संसदीय दल बैठकमा उनले यस्तो बताएका हुन् ।

‘कांग्रेसले लिएको अडान ठीक छ । केही भए हाम्रो (शीर्ष) स्तरबाट पनि छलफल गर्छौं, तपाईंहरूले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुस् ।’

कांग्रेसकै अडानका कारण बुधबारको संसद् बैठकबाट नियमावली पारित हुन सकेन ।

सांसदलाई निलम्बनको प्रावधान राख्ने कि नराख्ने भन्नेमा सत्तारूढ दल र प्रतिपक्षबीचको रस्साकसीले नियमावली अड्किएको छ ।

बैठकमा प्रस्तावित संसद् नियमावली र त्यसको प्रावधानका विषयमा बडु र अर्का सांसद मीनेन्द्र रिजालले जानकारी गराएका थिए ।

बडुले सरकारको नीति तथा कार्यक्रममाथि पार्टीका सांसदको विज्ञताका हिसाबले प्रभावकारी रूपमा बोल्नेबारे छलफल भएको बताए ।

प्रकाशित : बिहिबार, जेठ ०३, २०७५०९:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यी हुन् विश्वकपमा १० भन्दा बढी गोल गर्ने खेलाडी