जननेता मदन, जबज र चुनौती

Leaderboard Banner

नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी र कुशल संगठक जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा षड्यन्त्रपूर्ण हत्या भएको २४ वर्ष व्यतित भएको छ ।

एमालेले हरेक वर्षको जेठ ३ गते नेताहरूको सम्झना र सम्मानका साथ मदन आश्रित स्मृति दिवस मनाउँदै आएको छ ।

जननेता मदन भण्डारीको अगुवाइमा २०४९ सालमा नेकपा एमालेको पाँचौँ महाधिवेशनमा नेपाली क्रान्तिको कार्यक्रमको रूपमा जनताको बहुदलीय जनवाद (जबज) को कार्यक्रम प्रस्तुत भई अत्याधिक बहुमतका साथ पारित भएको थियो । यो खबर आजको गोरखापत्र राष्ट्रिय दैनिक प्रेमलकुमार खनालले लेखेका छन्।

विगत अढाई दशकदेखि एमालेले जबजलाई नेपाली समाजको विशिष्टतामा क्रान्ति सम्पन्न गर्ने मौलिक कार्यक्रमको रूपमा आत्मसात् गर्दै आएको छ ।

जबज नेपाली परिवेशमा नितान्त नौलो कार्यक्रम हो ।

राष्ट्रिय÷अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखापरेको उतारचढावका बीचमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने कार्य चुनौतीको रूपमा खडा भइरहेका बखत माक्र्सवाद–लेनिनवादलाई सिर्जनात्मक ढंगले प्रयोग गर्ने क्रममा मदन भण्डारीको अगुवाइमा जबजलाई नेपाली क्रान्तिको कार्यक्रम रूपमा प्रस्तुत गरिएको थियो ।

जबजले मूलतः समाजको रूपान्तरण र परिवर्तनका लागि शान्तिपूर्ण सङ्घर्ष र आन्दोलनको बाटोबाट अगाडि बढ्न निर्देशित गरेको छ ।

यसले प्रगतिशील सुधार, जनसेवा र शक्ति सञ्चय गरेर, जनताको संगठित बलबाट सामाजिक परिवर्तन गर्न सकिने मान्यतालाई अंगिकार गरेको छ ।

जबजको अढाई दशको यात्रामा मुलुकमा सामन्तवादको नेतृत्व गरेको राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको छ ।

शासन सत्तामा जनताको नेतृत्वकारी भूमिकासँगै जनता सार्वभौमसत्ता सम्पन्न हुने संवैधानिक मान्यतालाई आत्मसात् गरिएको छ ।

बहुलतामा आधारित नेपाली समाजमा धर्म निरपेक्षता अंगिकार गरिएको छ ।

समाजमा पछाडि परेको पारिएका जनसमुदायको पहिचान, पहुँच र प्रतिनिधित्वलाई सुनिश्चित गर्न समावेशी लोकतन्त्रलाई अंगीकार गरिएको छ ।

केन्द्रिकृत एवं एकात्मक ढाँचाको शासन प्रणालीलाई राज्यको पुनर्संरचनामार्फत सङ्घीय राज्य प्रणाली अवलम्बन गर्ने र आर्थिक सामाजिक क्षेत्रमा विद्यमान सामन्ती परिपाटीलाई आर्थिक सामाजिक रूपान्तरणका माध्यमबाट अन्त्य गर्दै मुलुकलाई समाजवादी दिशामा अगाडि बढाउने र समाजवादको आधार निर्माण गर्न संविधानले दिशाबोध गरेको छ ।

यी सबै परिवर्तन र उपलब्धिले जनताको बहुदलीय जनवादले अंगिकार गरेको पुँजीवादी जनवादी क्रान्तिको सच्चाइको पुनर्पुष्टि भएको छ ।

यसरी जबजको आलोकमा भएको युगान्तकारी परिवर्तनलाई हेर्ने, बुझ्ने र नेपाली क्रान्तिको अबको बाटो के हो भन्ने बारेमा भने सिंगो कम्युनिस्ट आन्दोलनमा बहस थालनी भएको छ ।

०६२।०६३ को युगान्तकारी परिवर्तनले ६४ वर्षदेखिको सामन्तवाद विरोधी राजनीतिक आन्दोलनमा मात्रात्मक ढंगको परिवर्तन हुँदै शान्तिपूर्ण जनक्रान्तिले गुणात्मक फड्को मा¥यो र ‘नयाँ युग” ‘नयाँ राजनीतिक व्यवस्था” को आरम्भ भएको छ । ०६२।०६३ को युगान्तकारी परिवर्तनबाट प्राप्त उपलब्धिको व्याख्या र विश्लेषण गरी सही दृष्टिकोण अवलम्बन गर्न आवश्यक छ ।

जबजले सामन्तबाद र साम्राज्यबादलाई प्रधान अन्तरविरोधको रूपमा किटान गरेको सन्दर्भमा अब मुलुक सामन्तवादको अन्त्य सँगसँगै पुँजीवादी युगमा प्रवेश गरेको र अर्थ राजनीतिभित्र दलाल पुँजीवाद हावी हुँदै गएको सन्दर्भमा प्रधान अन्तरविरोधको सही किटानी गर्दै नेपाली क्रान्तिलाई अगाडि बढाउन आवश्यक छ ।

यस्तै नेपाली क्रान्तिको बाँकी कार्यभारहरू – आर्थिक र सामाजिक क्रान्ति सम्पन्न गर्दै समाजवादको आधारशिला निर्माण गर्न कम्युनिस्ट पार्टीको निर्माण र त्यसले अवलम्बन गर्ने कार्यशैलीका बारेमा पनि विशद ढंगले छलफल गरी सही दिशा अवलम्बन गर्न जरुरी छ ।

प्रकाशित : बिहिबार, जेठ ०३, २०७५०९:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

फौजदारी सांसदकै पक्षमा कांग्रेस