डिआईजी सरुवाको तयारी, प्रदेशमा नयाँलाई पठाइने

Leaderboard Banner

काठमाडौं । गृह मन्त्रालयको सिफारिसमा बढुवा भएका एसएसपीहरुले शुक्रबार डिआईजीको फूली लगाउने भएका छन् ।

गृह स्रोतका अनुसार उनीहरु मध्येबाट रिक्त रहेका प्रदेशको प्रहरी प्रमुखमा खटाउने गृहको तयारी छ ।

एआईजीले अवकाश पाएपछि कतिपय प्रदेशमा एसएसपीले कमान्ड सम्हाल्दै आएका छन् ।

गृह मन्त्रालयले प्रहरीलाई संघिय संरचनामा लैजाने गरी संघीय प्रहरी ऐनको मस्यौदा अघि बढाइसकेको छ ।

जसको आधारमा प्रदेश प्रहरी प्रमुखमा डिआईजीलाई खटाउने पक्का पक्की जस्तै छ ।

एआईजीलाई खटाउन प्रोटोकल नमिल्ने भएकाले प्रदेशमा अब डिआईजीलाई खटाउन लागिएको हो । यो खबर  यूनाइटेड पोस्ट साप्ताहिकमा प्रकाशित छ।

गृह मन्त्रालयमा एआईजी कति जना राख्ने भन्ने बारेमा समेत छलफल भइरहेको छ ।

तर, एआईजीमा बढुवा भने केहि समय लम्बिने देखिएको छ ।

प्रदेशमा बढुवा भएका नयाँ डिआईजीलाई पठाउनका लागि गृहकार्य शुरु भइसकेको छ ।

जसअनुसार केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपककुमार थापा, नारायणसिंह खड्का, रबिन्द्रप्रसाद शर्मा, कमलबहादुर जिटी, महेन्द्रकुमार पोखरेल र महेशबिक्रम शाहमध्येबाट सातवटै प्रदेशमा पठाउने सरकारको तयारी छ ।

गृहले महानगरीय प्रहरी कार्यालयमा डिआईजीलाई प्रमुख बनाउने पनि तयारी गरेको छ ।

यि मध्येबाट रिजाललाई महानगरीय प्रहरी कार्यालयको प्रमुख, थापालाई दुई नम्बर प्रदेश, अधिकारीलाई एक नम्बर र सिआईवीमा बस्नेतलाई पठाइने स्रोतले बतायो ।

एआईजी बढुवा लम्बिले भएका कारण आईजीपी सर्वेन्द्र खनालका व्याजी डिआईजीहरुमध्येहरुबाट पनि केही प्रदेश प्रहरीको प्रमुखमा पठाउने तयारी छ ।

बढुवा सिफारिसमा परेका रविन्द्र शर्मा, प्रेम चन्द र श्याम खड्काले ३० बर्षे उमेर हदका कारण असार २९ मा अबकाश पाउँदै छन् ।

त्यस्तै डिआईजीहरु उत्तम कार्की, छविलाल जोशी र पवनप्रसाद खरेलले पनि असार २९ मै अवकाश पाउँदैछन् ।

एआईजी र आईजीपीको कार्य अवधि संसदको ऐनबाटै पारित हुनु पर्ने भएका कारण ऐन परिमार्जन गर्न अझै ६ महिना लाग्ने भएको हुँदा कार्की, जोशी र खरेल एआईजीमा बढुवा नभए डिआईजीबाट घर जाँदैछन् ।

गृहले लागूऔषध नियन्त्रण व्यूरो, महानगरीय ट्राफिक प्रहरी महाशाखा र अपराध अनुसन्धान विभागमा पनि नयाँ डिआईजीमध्येबाटै प्रमुख बनाउने संभावना छ ।

प्रकाशित : बिहिबार, जेठ ०३, २०७५०८:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अर्बौं घोटालामा मुछिएकी कामिनीमाथि अख्तियारले थाल्यो कारबाही