कांग्रेसमा निधि र सिंहबीच भिडन्त

Leaderboard Banner

काठमाडौं । नेपाली कांग्रेसले आफूलाई मजबुत बनाउने बेला केही नेताहरुको व्यक्तिगत स्वार्थका कारण संगठनभित्र ठूलो असर पर्ने देखिएको छ ।

सभापति शेरबहादुर देउवाको विरोध गर्ने बहानामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले हरेक ठाउँमा असहयोग गरेपछि कांग्रेसका कार्यकर्ताहरुको मन खिन्न हुन पुगेको छ ।

पार्टीभित्रको विवाद मिलाउन नेता तथा कार्यकर्ताहरुले दवाव पनि दिइरहेका छन् । यो खबर यूनाइटेड पोष्ट साप्ताहिकमा प्रकाशित छ ।

नेताहरुले अहिले कांग्रेसलाई मजबुत बनाएर जान सुझाव दिएका छन् ।

केही दिन अगाडि नेविसंघले काठमाडौंमा गर्न लागेको कार्यक्रममा दुई समूहबीच भएको विवादले कांग्रेसका समर्थकहरुको चित्त दुखेको हो ।

पौडेल समूहको असहयोगपछि सभापति देउवाले नेविसंघको कार्यक्रमलाई हस्तक्षेप गर्नु परेको थियो ।

‘कांग्रेसभित्र नेताहरुको विवाद मिलाउनु पर्छ ।

सधै आपसमा झगडा गरेर हुँदैन’, केन्द्रीय सदस्य दीपक गिरीले भने,‘अहिले भनेको कांग्रेसलाई मजबुत बनाउने हो ।

लड्न समय होइन । चित्त बुझेको छैन भने पार्टीभित्रै संघर्ष गरौँ ।’

सभापति देउवाले पदाधिकारी नियुक्ति गरेपछि पौडेल समूह आत्तिएर पार्टीभित्र असहयोगको राजनीति गरेको आरोप छ ।

नियुक्त भएका पदाधिकारीमा पौडेल समूहको पत्तासाफ भएपछि देउवालाई असहयोगको राजनीति सुरु भएको हो ।

देउवालाई असहयोग गर्नेमा पौडेल समूहका नेताहरु प्रकाशमान सिंह, डा.रामशरण महत, कृष्णप्रसाद सिटौला, गगन थापासहितका नेताहरु रहेका छन् ।

नेता सिंहले भावी सभापतिका लागि गृहकार्य गर्ने भनेर संकेत गरेका छन् ।

सिंहले सभापतिको तयारी गर्ने जानकारी पाएपछि नेता पौडेलले पनि सिंहसँग दुरी बढाउन थालेको सोतले जनाएको छ ।

सभापतिको तयारी स्वरुप सिंहले आफैले पनि मिडिया चलाएका छन् ।

सिंहले अनलाइन र एफएम रेडियोमा लगानी गरेको एक नेताले दाबी गरे ।

सभापतिको तयारी स्वरुप सिंहले नेता तथा कार्यकर्ताहरुलाई भेट्ने क्रम बाक्लो बनाएका छन् ।

उनले आफ्ना भावी योजनाहरु तल्लो तहका कार्यकर्तासम्म पु-याउन सबै उपाय अपनाई रहेका छन् ।

पौडेल समूहका महामन्त्री डा.शशांक कोइराला, महेश आचार्य, डा.नारायण खड्का, डा.मीनेन्द्र रिजाल, दीपक गिरी, बद्री पाण्डेसहितका नेताहरुले देउवालाई सहयोग गर्ने संकेत गरेका छन् ।

पदाधिकारी नियुक्तिमा विरोध नगरेर उनीहरुले पौडेलको पक्षमा नरहेको जानकारी दिएका हुन् ।

पौडेल समूहले आफ्ना नेता र कार्यकर्तालाई संरक्षण गर्न नसकेको आरोप छ ।

देउवा समूहबाट भरखरै उपसभापति बनेका विमलेन्द्र सहितका नेताहरुलाई रुचाइदैन ।

निधिले नै तीनवटा निर्वाचनमा कांग्रेसलाई हराएको आरोप छ ।

देउवालाई सबैभन्दा धेरै नोक्सानी अहिले निधिकै कारण भएको आरोप छ ।

निधि आफैले देउवालाई बाइपास गरेर गुट चलाउन थालेको एक नेताले बताए ।

गुट चलाउनका लागि निधिले आफ्नै लगानीमा एउटा अनलाइन पनि चलाउँदै छन् ।

त्यही अनलाइनको भरमा भावी सभापतिको तयारी गर्न लागेको भनेर आफू निकटका पत्रकार र नेताहरुलाई जानकारी गराइ सकेका छन् ।

प्रकाशित : बिहिबार, जेठ ०३, २०७५०८:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

३३ किलो सुन काण्डका ‘ठूला माछा’ कायस्थलाई किन जोगाइँदै छ ?