कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध

Leaderboard Banner
प्रतीकात्मक तस्बिर

चितवन, ३ जेठ : नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको हो ।

तत्काल पहिरो पन्छाउने काम थालिएकाले केही समयपछि सडक खुल्ने प्रहरीले जनाएको छ ।

विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ । (रासस)

प्रकाशित : बिहिबार, जेठ ०३, २०७५०७:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एमाले-माओवादी केन्द्र एकता घोषणाको तयारी