कामचोर ठेकेदार अब प्रहरी खोरमा

Leaderboard Banner

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले सडक, पुललगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा बुधबार सरोकावाला निकायसँग छलफल गरेपछि गृहमन्त्री थापाले समयमा काम सम्पन्न गर्न आलटाल गर्ने ठेकेदारलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रियामा ल्याउन निर्देशन दिएका हुन् । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

बैठकमा गृहसचिव, भौतिक मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौं र ललितपुर महानगरपालिका मेयर, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, काठमााडाै प्रहरी परिसरका प्रमुखसहित उपस्थितत थिए।

बैठकमा गृहमन्त्री थापाले यसअघि भएका निर्णय कार्यान्वयन सन्तोषजनक नभएको भन्दै अब आलटाल नगर्न निर्देशन दिएका थिए । ठेकेदारले खेलाँची गर्दा विकासनिर्माण प्रभावित भएको उनको भनाइ थियो ।

‘समयमा काम नगर्ने ठेकेदारलाई तपाईंहरुले छाड्नुभयो भने पनि मन्त्रालयले छाड्दैन ।

आज (बुधबार) कै मितिबाट भन्छु प्रहरीले त्यस्ता ठेकेदारको सूची तयार गरोस् र तुरुन्तै पक्राउ गरी कारबाही प्रक्रियामा ल्याओस्’, बैठकका सहभागीलाई गृहमन्त्री थापाले भने, ‘अर्को बैठकमा सबै निर्णय कार्यान्वयन र समयमै काम भएको सुन्न पाइयोस् ।

प्रकाशित : बिहिबार, जेठ ०३, २०७५०७:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कांग्रेसमा निधि र सिंहबीच भिडन्त