कतारमा रहेका नेपालीलाई रमजानमा राहत

Leaderboard Banner

काठमाडौं – कतार सरकारले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानमा दैनिक ६ घण्टाभन्दा बढी काम लगाउने रोजगारदाता कम्पनीलाई कारबाही गर्ने सूचना जारी गरेको छ ।

कतारको प्रशासनिक विकास, श्रम तथा समाजिक मामिला मन्त्रालयका अनुसार रमजानको अवसरमा कार्यअवधि घटाएर ६ घण्टा कायम गरिएको छ । यो खबर आजको कान्तिपुर राष्ट्रिय दैनिकको  पृष्ठ २ मा प्रकाशित छ ।

काम गर्ने समय ६ घण्टा कायम गरे पनि रोजगारदाताले पूरा दिनको लतब र सेवासुविधा भुक्तानी गर्नुपर्ने छ ।

मन्त्रालयले ६ घण्टाभन्दा बढी काम लगाउने रोजगारदाताविरुद्ध उजुरी दिन अनुरोध गर्दै त्यस्तो पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।

कतारमा झन्डै ४४ हजार कम्पनीमा २३ लाख आप्रवासी कामदार छन् ।

ती मध्ये चार लाख नेपाली छन् ।

इस्लामिक मामिला मन्त्रालयका अनुसार बिहीबरबाट रमजान सुरु हुँदैछ ।

प्रकाशित : बिहिबार, जेठ ०३, २०७५०७:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कामचोर ठेकेदार अब प्रहरी खोरमा