मोदीको ‘सफ्ट पावर’ नीति

Leaderboard Banner
नेपालको भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट«पति भवन शीतल निवासमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुहुँदै । तस्वीर : प्रदिप वन्त, रासस

काठमाडौं – पूर्वराजदूतहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल मामिलामा यस अघिको एजेन्डाबाट टसमस नभएको बताएका छन् ।

राजनीतिक शक्तिबाट नेपाललाई प्रभावमा पार्न नसकिने देखेपछि मोदीले सफ्ट पावर नीति अपनाएको उनीहरुको विश्लेषण छ । यो खबर आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ ।

कूटनीतिक सेवाबाट राजदूत भइसकेकाहरुको समूह (अफान) ले आयोजना गरेका कार्यक्रममा तस्न दर्जन भन्दा बढी कुटनीतिज्ञले संविधान संशोधन र प्रदेश सीमांकनलगायत विषयमा भारतको चासो यथावत रहेको बताएका हुन् ।

करिअर राजदूतमध्ये सबैभन्दा पुराना सुन्दरनाथ भट्टराइले मोदीको भ्रमण चिनीयाँको दक्षिण एसिया प्रवेश र प्रभावलाई रोक्न भएको बताए ।

प्रकाशित : बिहिबार, जेठ ०३, २०७५०७:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कतारमा रहेका नेपालीलाई रमजानमा राहत