आखिर किन घाटीमा लगाएको लकेटकै कारण विवादमा तानिईन प्रियंका चोपडा?

Leaderboard Banner

एजेन्सी, बलिउड अभिनेत्री प्रियंका चोपडा एक पटक फेरी सोशल मिडियामा ट्रोल भएकी छिन् । यस पटक प्रियंका ट्रोल हुनुको कारण उनको नयाँ लुक्स रहेको छ । हालै प्रियंका न्युयोर्कमा आयोजित मेट गालामा भाग लिन पुगेकी थिइन्। जस पश्चात उनले मेटको आफ्टर पार्टी अटेन्ड गरिन । यस पार्टीमा प्रियंकाले आफ्नो लुक्सले सबैलाई इम्प्रेस गरेकी छिन् तर  यस लुक्सलाई लिएर उनी सोशल मीडियामा केही व्यक्तिहरुको निशानामा परेकी छिन् ।

मेटको आफ्टर पार्टीको तस्वीर अभिनेत्री प्रियंकाले सोशल मीडियामा शेयर गरेकी छिन् । यी तस्वीरहरुमा प्रियंकाले आफ्नो घाटीमा क्रस लकेट लगाएकी छिन् । प्रियंकाले पोस्ट गरेको यस तस्वीरमा मानिसहरुले प्रश्नको पहाड लगाएका छन् । एक यूजरले पैसाको लागी आफ्नो धर्म बेचेको आरोप लगाउदै कमेन्ट गरेका छन् । उनी धर्मलाई लिएर अनेक प्रश्नहरुले घेरिएकी  छिन् । उनले धर्म परिवर्तन गरेको हो या होइन त्यो भने  पुष्टि भएको छैन।

 

प्रकाशित : बिहिबार, जेठ ०३, २०७५१६:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

उदित नारायणको छोरा आदित्यले यी अभिनेत्रीसँग किस गरेको भिडियो भाइरल!