पार्टी एकतापछि एमाले-माओबादीले राख्ने भनेको नाम ‘नेकपा’ राख्न नपाउने: यस्तो छ कारण !

Leaderboard Banner

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दुई पार्टी एकीकरणपछि नयाँ एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने भने पनि पार्टीको नाम जुधेपछि उक्त नाम नपाउने अवस्था देखिएको छ।

नेपाल कम्युनिष्ट पार्टीको नाम निर्वाचन आयोगमा पहिले नै दर्ता भएका कारण यस्तो अवस्था आएको हो। एमाले र माओबादी केन्द्रले यसअघि पार्टी एकता पछि बन्ने पार्टीको नेकपा राख्ने निर्णय गरिसकेका थिए।

यो नाम पहिले देखिनै अध्यक्ष ऋषि कट्टेलको रहेको पार्टीले निर्वाचन आयोगमा दर्ता गराई सकेको छ। नेकपाका अध्यक्ष कट्टेलले यो  नाम एमाले-माओबादीलाई नदिने प्रष्ट परेका छन्।  उनले भने, ‘संविधानको व्यबस्था अनुसार हामी निर्वाचन आयोगमा विधिवत दर्ता गरेका छौं, चुनावमा लडेका छौं, त्यसैले हामीले यो नाम कसैलाई दिंदैनौं ।

योसंगै अब एकतापछि बन्ने एमाले र माओबादीको पार्टीले अब नामको अगाडी या पछाडी कुनै विशेषण झन्डाउनुको विकल्प हुने छैन। जस्तै एकीकृत नेकपा आदि, इत्यादि..।

प्रकाशित : बुधबार, जेठ ०२, २०७५१९:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पार्टी एकताको खुसियालीमा ओली र प्रचण्डले रोपे आणुविक बमले पनि मार्न नसक्ने विरुवा (तस्विरसहित)