विमानस्थलको पिच उक्किएपछि सबै हवाई ३ बजेदेखि उडान बन्द

Leaderboard Banner

काठमाडौं । देशको एक मात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रन-वे मा गरिएको पिच उप्किएपछि आज दिउँसोसवा तीन बजेदेखि सबै उडान/अवतरण बन्द गरिएको छ।

विमानस्थलल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जनाए अनुसार उक्त उक्किएको रन वेको मर्मत कार्य नसकिँदा सम्म हवाई आवागमन बन्द नै हुने भएको छ। उनका अनुसार यसको मर्मतको लागि केहि समय लाग्ने छ।

विमानस्थलको रन वेको सी र डीको बिचमा पिच बिग्रिएको छ। यसै कारण आन्तरिक तथाअन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएका हुन् ।

प्रकाशित : बुधबार, जेठ ०२, २०७५१८:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

करेन्ट लागेर महिलाको मृत्यु