अभिनेत्री सोनम कपूरको विवाह हप्ता दिन नहुँदै विवादमा

Leaderboard Banner

एजेन्सी । चर्चित भारतीय नायिका सोनाम कपूरको केहि दिन पहिले एक जना अर्बपति ब्यापारीसँग धुमधामका साथ विवाह भएको थियो।

यहि बैशाख २५ गते अर्बपति व्यापारी आनन्द आहुजासँग शिख परम्पराअनुसार धुमधामका साथ मुम्बईबाट भएको थियो। यतिबेला चर्चित फिल्म फेस्टिभल ‘कान्स फिल्म फेस्टिभल’मा व्यस्त रहेकी उनि एकाएक विवादमा तानिएकी हुन् ।

खासमा विवादको कारण के हो भने,  सोनम र आनन्दबीच भएको शिख परम्परा अनुसारको विवाह नै हो। भारतीय मिडिया रिपोर्टस् का अनुसार विवाह गर्दा शिख रितिरिवाज उल्लङ्घन भएको भन्दै शिख समुदाय विरोधमा उत्रिएको छ। शिरोमणि गुरुद्वारा प्रबन्धक कमिटीका वरिष्ठ सदस्यहरुले विवाहमा परम्पराको सहि पालना नभएको भन्दै शिरोमणि गुरुद्वारका प्रबन्धकमाथि नै रीतिरिवाज उल्लंघनको आरोप लगाएपछी सोनामको विहे नै विवादमा तानिएको छ ।

उनीहरुको आरोप अनुसार विवाहको समयमा सोनमका पति आनन्दले टाउकोमा बाँधेको पगडीबाट कल्की नहटाउनु ‘रहत मर्यादा’को उल्लंघन भएको ठहर छ । जुन शिख धर्मविपरित मानिने उनीहरुको तर्क रहेको छ ।

यस विवाहबाट असन्तुष्ट सदस्यहरुले मुख्य गुरुसहित पुजारीविरुद्ध कारवाही गर्नु पर्ने माग गर्दै अदालतमा उजुरी समेत दर्ता गराएका छन् ।

प्रकाशित : बुधबार, जेठ ०२, २०७५१८:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आलिया भट्टले ‘कास्टिङ काउच’ बारे पहिलोपटक खोलिन् मुख!