राष्ट्रसेवक कर्मचारी फेसबुकमा रमाउनाले कामकाज नै प्रभावित भयो

Leaderboard Banner

काठमाडौं । बुधबारको प्रतिनिधिसभा बैठकमा भाग लिने अधिकांश सांसदहरुले आफ्ना जिल्ला तथा क्षेत्रका समसामयिक विषयहरु तथा गुनासाहरु राखेका थिए ।

यसै क्रममा सांसद झपट रावलले केही दिनअघि कैलालीमा आएको भिषण हावाहुरीबाट भएको धनजनको क्षतिको बारे संसदमा कुरा उठेका छन्। उनले हावाहुरीका करणले केहि मानिसहरु घाईते भएको, धेरै विद्यालयका छाना उडाएको, बालीनाली समेत नष्ट भएको भन्दै घाइतेको उपचार र पीडित परिवारलाई क्षतिपूर्तिका दिन पनि माग गरेका छन् ।

त्यसैगरी उनले अर्को निकै गहन विषय राष्ट्रसेवक कर्मचारीले जनताको काम गर्नुको साटो सामाजिक सञ्जाल फेसबुकमा रमाउने क्रम बढेको जसले गर्दा कार्यालयको काम प्रभावित हुने गरेको उनले बताए।

उनले भने,  कार्यालयकै समयमा सामाजिक सञ्जाल चलाउनाले धेरै सरकारी काम कारवाही प्रभवित भएका छन्, तसर्थ कार्यालयको समयमा फेसबुक लगायातका सामाजिक सञ्जाल चलाउन नपाइने नीति सरकारले बनाउनु पर्छ।’

प्रकाशित : बुधबार, जेठ ०२, २०७५१६:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आजको प्रतिनिधिसभा बैठक: विशेष समयमा के के भयो ?