भोलिनै एमाले- माओबादी केन्द्रबीच पार्टी एकता घोषणा !

Leaderboard Banner

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकीकरण गर्ने सहमति भएको छ।

बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्तापछि पार्टी एकता हुने विषयमा सहमति जुटेको हो। एमाले र माओबादीबीच चिसोपन बढेको भनिएका बेला अध्यक्षद्वय ओली र प्रचण्डबीच आज भएको वार्तापछि सम्भवत भोलिनै पार्टी एकता घोषणा हुने बुझिएको छ ।

भोलि जननेता मदन भण्डारी स्मृति दिवसको अवसरमा एमालेले गर्ने विशेष कार्यक्रममा माओवादी शीर्ष नेताहरुलाई पनि निमन्त्रणा गैएको छ। कार्यक्रमपछि अपराहृनतिर एक पत्रकार सम्मेलन गरी दुई पार्टीबीच पार्टी एकीकरण भएको हुन सक्ने दुवै दलसम्वद्ध उच्च स्रोतबाट बुझिएको छ।

स्रोतबाट प्राप्त जानकारीमा भनिएको छ, सम्भव भए भोलि नै ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने दुई दलको तयारी रहेको छ । एमाले र माओवादी पार्टी एकता गर्ने सहमति गर्दै गठबन्धन बनाएर चुनाव लडेका थिए । कार्यदल बनाएर बैचारिक, राजनीतिक विषयहरुमा प्रतिवेदन पनि बनाएका छन् ।

प्रकाशित : बुधबार, जेठ ०२, २०७५१५:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

राष्ट्रसेवक कर्मचारी फेसबुकमा रमाउनाले कामकाज नै प्रभावित भयो