कान्सको रेड कार्पेटमा नबिला र उनको प्रेमीको यस्तो अवतार!

Leaderboard Banner

एजेन्सी, ८ मे बाट सुरु भएको कान्स फिल्म फेस्टिबलको चर्चा दिनानुदिन बढ्दै गएको छ। यहाँ रेड कार्पेटमा हरेक दिन स्टारहरु आफ्नो बोल्ड अवतारमा पुग्छन्। उनीहरुमध्ये एक हुन् मोडल नबिला बेनटाया, जो रेड कार्पेटमा पुग्ने बित्तिकै क्यामेरामा कैद भईन।

नबिला आफ्नो प्रेमी थोमस विगेराको साथ कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा निकै बोल्ड अवतरमा  देखिईन। यी दुइ रेड-कार्पेटमा पुगेर एक अर्कासंग टासिएर किस गर्दै गरेको तस्विर क्यामेरामा कैद भएको छ।

सानो पर्दाको स्टार नबिला आफ्नो बोल्ड ड्रेसको कारण चर्चामा छाईरहिन। नबिला र उनको प्रेमीले फोटोग्राफरको सामु धेरै बेरसम्म पोज दिइरहे।

फ्यानहरु र रेड कार्पेटका आलोचकहरु नबिलाकोको सुन्दरताले कायल भए। पुर्व-रियालिटी टिभी स्टार नबिला कुनै पनि हलिउड स्टारभन्दा कम ग्ल्यामर देखिएकी थिइनन्।

प्रकाशित : बुधबार, जेठ ०२, २०७५१५:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अभिनेत्री सोनम कपूरको विवाह हप्ता दिन नहुँदै विवादमा