टिभी सिरियलका यी कलाकार जसले इन्टिमेट सिन दिन ठाडै अस्वीकार गरे

Leaderboard Banner

काठमाडौँ। छोटो पर्दा पनि अहिले ग्लामरको कमी छैन। यस क्षेत्रका कलाकारहरु पनि मानिसहरु माझ कुनै अभिनेता भन्दा कम लोकप्रिय छैनन्। टिभीको दुनियाँले पनि अहिले शोको क्वालिटी, स्टार कास्ट र मेन लिड्स बीचको इन्टिमेट सिन आदिले फिल्मी दुनियाँलाई कडा टक्कर दिने गर्दछन। आजकल त टिभी शोलाई सफल र लोकप्रिय बनाउनु छ भने त्यहाँ अनिवार्य इन्टिमेट सिन राख्ने ट्रेन्ड नै चलेको छ। तर अहिले पनि यस्ता धेरै टेलिभिजन कलाकारहरु छन् जसले अनस्क्रिन इन्टिमेट सिन दिन ठाडै अस्वीकार गरे।

विवियन डीसेना

सिरियल ‘ शक्ति-अस्तित्व के अहसास की’ का अभिनेता विवियनले इन्टिमेट सिन दिन ठाडै अस्वीकार गरेका थिए।  यदि गर्नु परेमा शोमै काम नगर्ने समेत बताएका थिए। उनी सिरियल ‘मधुबाला’ बाट मानिसहरु बीच लोकप्रिय भएका थिए। उनी कुनै पनि शोलाई व्यवसायिक रुपमा होस् या चाहे जुन सुकै रुपमा सफल बनाउन इन्टिमेट सिनको भूमिका नरहने विश्वास गर्छन।

जन्नत जुबेर

एक बालकलाकारको रुपमा टिभी क्षेत्रमा प्रवेश गरेर अभिनेत्री बनेकी जन्नत जुबेरले टिभी सिरियल ‘तू आशिकी’ मा आफ्नो अभिनेतालाई किस गर्न इन्कार गरेकी थिईन।

श्वेता भट्टाचर्या

स्टार भारत टिभी च्यानलमा सन् २०१८ जनवरीबाट सुरु भएको सिरियल ‘जय कन्हैया लाल की’ मा अभिनेत्री श्वेता भट्टाचार्यले अभिनेतासँग क्लोज सिन गर्न अस्वीकार गरेकी थिईन।

कृतिका सेङ्गर

टिभी सिरियल ‘पुनर्विवाह’ बाट लोकप्रिय भएकी अभिनेत्री कृतिकाले पनि आफ्नो अभिनेता शरद मल्होत्रासँग इन्टिमेट सिन इन्कार गरेकी थिईन।

माही विज

यस सूचीमा अभिनेत्री माही विजको नाम पनि उल्लेख गरिएको छ। उनले पनि आफ्नो को-एक्टर रुस्लान मुमताजसँग किस गर्न अस्वीकार गरेकी थिईन। रुस्लान मुमताज पुरानो जमानाको चर्चित अभिनेता मुमताजका पुत्र हुन्।

ऐश्वर्या सकुजा

सन् २०१० देखि २०१२ सम्म चलेको टिभी सिरियल ‘सास बिना ससुराल’ मा लिड रोलमा देखिएकी अभिनेत्री ऐश्वर्या सकुजाले शोमा किस गर्न इन्कार गरेकी थिईन।

इकबाल खान

कैसा ये प्यार है, तुम्हारी पाखी र छूना है आसमान जस्ता हिट सिरियलमा काम गरिसकेका अभिनेता इकबाल खान इन्टिमेट सिन दिन खासै रुचाउदैनन्। किनकी ती सबै शोहरु फेमिली शो हुन्।

जिया मानेक

टिभी सिरियल ‘साथ निभाना साथिया’ मा गोपी बहुको भूमिकाबाट चर्चा छाएकी अभिनेत्री जिया मानेकले पनि इन्टिमेट सिन दिन ठाडै अस्वीकार गरेकी थिईन। तर भविष्यमा स्क्रिप्ट अनुसार आवश्यक परे इन्टिमेट सिन दिन तयार रहेकी बताएकी छिन्।

(एजेन्सी)

प्रकाशित : बुधबार, जेठ ०२, २०७५१४:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

कान्सको रेड कार्पेटमा नबिला र उनको प्रेमीको यस्तो अवतार!