दुर्घटनाग्रस्त मकालु जहाजका पाईलट आदित्य जहाज सञ्चालककै एक्ला छोरा

Leaderboard Banner

काठमाडौँ । बुधवार दुर्घटनामा परेको मकालु एयरको 9N AUJ कार्गो विमानमा परी मृत्यु भएका आदित्य नेपाली मकालु एयरकै  सञ्चालकका छोरा भएको खुल्न आएको छ।

मेइतक नेपाली उक्त  कार्यकारी सम्पादक समेत रेहका थिए।  ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेको मकालु एयरको कार्गो विमान हुम्लाको खार्बुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना परेको हो ।

विमान दुर्घटनापछि टुक्राटुक्रा भएको थियो भने दुर्घटनामा चालक दलका सदस्य आदित्य र किरण भट्टराईको मृत्यु भएको छ ।  विमान भेटिँदा दुवै चालक दलका सदस्यको मृत्यु भइसकेको थियो ।

मृत्यु भएका दुवैको शव सिमिकोट विमानस्थलमा ल्याइसकिएको छ। मृत्य भएका पाइलट आदित्य मकालु एयरका सञ्चालक फिजुनाथ नेपालीका एक्ला छोरा हुन् । उनी कम्पनीमा कार्यकारी निर्देशकका समेत थिए।

यसअघि पाँच वर्ष पहिले पनि २०१३, मे २७ मा हुम्लाको सिमिकोटमा मकालुकै जहाज दुर्घटनामा परेको थियो। त्यतिबेला दुर्घटनामा परी चालक दलका सदस्यसहित ९ जना घाइते भएका थिए।

प्रकाशित : बुधबार, जेठ ०२, २०७५१४:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विमानस्थलको पिच उक्किएपछि सबै हवाई ३ बजेदेखि उडान बन्द