एमालेले अकस्मात किन बोलायो स्थाई कमिटीको बैठक ?

Leaderboard Banner

काठमाडौँ । सत्तासिन दल नेकपा (एमाले) ले स्थाई कमिटीको आकस्मिक बैठक बोलाएको छ। उसले बुधबार ४ बजेको आफ्ना स्थाई कमिटिका सदस्यहरुलाई बैठकमा बोलाएको हो।

नेमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए अनुसार नेकपा माओबादी केन्द्रसंग हुने भनेको पार्टी एकताको मिति जति सक्दो छिटो तय गर्न विषयमा छलफल गर्न लागि आजको बैठक बस्न लागेको हो।

पछिल्लो समय सरकार सञ्चालन र मोदीको नेपाल भ्रमणका विषयमा माओबादीका नेताहरु असन्तुष्ट देखिएपछि चिसिएको माओबादीसँगको सम्बन्ध सुधार गर्न यतिबेला एमाले अध्यक्ष ओली आफैँ नै सक्रियता भएर लागेका छन्।

अब प्रधानमन्त्रीको सकृयतासँगै चिसिएको सम्बन्धमा सुधार आउने र छिट्टै नै पार्टी एकता हुनेमा दुवै पक्षका  आस्वस्थ देखिएका छन्।

प्रकाशित : बुधबार, जेठ ०२, २०७५१३:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भोलिनै एमाले- माओबादी केन्द्रबीच पार्टी एकता घोषणा !