भर्खरै सल्यानमा बस दुर्घटना: ३७ जना घाईते, २ जनाको अवस्था चिन्ताजनक

Leaderboard Banner

काठमाडौँ ।  बुधबार सल्यान जिल्लाको शारदा नगरपालिका – १  स्थित पटनेरी भन्ने स्थानमा दुई वटा यात्रुवाहक बस एकापसमा ठोकिंदा दुर्घटना भएको छ। दुर्घटनामा परी ३७ जना घाईते भएका छन्, जसमध्ये २ जनाको अवस्था भने चिन्ताजनक रहेको छ।

 बिहान करिव ११ बजेतिर सल्यानको लक्ष्मीपुरबाट श्रीनगरका लागि छुटेको यात्रुवाहक ना ६ ख २५०५ नम्बरको बस अर्को श्रीनगरबाट खलंगाका लागि हिँडेकको ना ५ ख ७७५० नम्बरको बसबससँग ठोकिंदा यो दुर्घटना भएको हो  ।

दुर्घटनाभाट गम्भीर घाइते २ जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कर्यालय सल्यानले जनाएको छ।

अन्य घाइतेहरूको भने श्रीनगरकै विभिन्न अस्पतालहरूमा उपचार भइरहेको बताईएको छ । घटनको बारेमा अन्य विवरण आउँ भने बाँकि रहेको छ।

प्रकाशित : बुधबार, जेठ ०२, २०७५१३:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

दुर्घटनाग्रस्त मकालु जहाजका पाईलट आदित्य जहाज सञ्चालककै एक्ला छोरा