अक्षय कुमारको फिल्म ‘केसरी’ को सेटमा लाग्यो आगो !

Leaderboard Banner

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘केसरी’ को सेटमा आगलागी भएको छ। यतिबेला युद्धमा आधारित फिल्म ‘केसरी’ को सुटिंगमा व्यस्त रहेका अक्षयको उक्त फिल्मको सेटमा आगो लागेको हो।

भारतीय मिडिया रिपोर्ट्सका अनुसार चलचित्रको एक सीन छायाँकन गर्ने क्रममा सेटमा आगो लागेको थियो। फिल्मको सेटमा आगलागी भएपछी सबै जलेर खरानी भएको छ। तथापी उक्त आगलागीभाट कुनै पनि प्रकारको मानवीय क्षति भने नभएको बताईएको छ ।

फिल्म निर्माताका अनुसार उक्त सेट निर्माण गर्न  लगभग ८ करोड लागेको थियो, जुन सबै जलेर नष्ट भएको छ। इन्सुरेन्स कम्पनीले क्षतिको विवरणसबै लिएको र प्रोडक्शन हाउसले इन्सुरेन्स कम्पनीसँग क्षतिको दाबी गरिसकेको पनि समचारमा जनाईएको छ  ।

चर्चित निर्देशक अनुराग सिंहद्वारा निर्देशित यस फिल्मको निर्माता करण जोहरको रहेका छन्  ।

प्रकाशित : बुधबार, जेठ ०२, २०७५१२:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

६९ वर्षीय यी चर्चित अभिनेत्रीको निधन, प्रधानमन्त्रीसंग थिइन् प्रेममा!