नेपालको युट्युब ट्रेण्डिंङमा सलमानको चलचित्र ‘रेस-3’ को ट्रेलर, [भिडियो]

Leaderboard Banner

बलिउड अभिनेता सलमान खानको मल्टीस्टारर चलचित्र ‘रेस 3’ को ट्रेलर हिजो अर्थात् मंगलबार मे १५ मा  रिलीज भएको छ । सलमानको फ्यानहरुले यस चलचित्रको ट्रेलरलाई निकै उत्साहित पूर्वक प्रतिक्षा गरेका थिए र उनीहरुको यो प्रतिक्षा मंगलवार बेलुका ५ बजेर १५ मिनेटमा अन्त्य भएको छ । ट्विटरमा यस ट्रेलर व्यापकताको साथ ट्रेन्ड गरिरहेको छ । साथै नेपालको युट्युबमा ट्रेण्डिंङ नम्बर ३ मा रहेको छ।

सलमानको यो चलचित्र ईदको मौकामा 2D र 3D दुवैमा रिलीज हुनेछ । सलमान खानको यो पहिलो चलचित्र हो ।त्यती मात्र नभएर बलिउडको ‘खान’ मध्ये पहिलो खान हुन जसको चलचित्र 3D मा रिलिज हुनेछ । सलमान ‘रेस-३’ को ट्रेलर रिलीज भन्दा पहिले ट्विटरमा आएको थियो । सधै झैँ यस चलचित्रमा ‘रेस 3’ को ट्रेलरमा पनि उनको एन्ट्री धमाकेदार देखाईएको छ । सलमान खानको चलचित्र ‘रेस-३’ मा यस्तो पहिलोपटक भएको कि दुवै अभिनेत्री डेजी शाह ज्याकलिन फर्नांडिस एक साथ नजर आएका छन्। ट्रेलरमा यी दुवै पनि दमदार लुकमा नजर आएका छन् । ट्रेलरमा दमदार डायलग्सहरुको साथै भरपुर एक्शन गर्दै सलमान देखिएका छन् । जसले चलचित्रको ट्रेलरलाई व्यापकताको साथ भाईरल बनाएको छ ।

प्रकाशित : बुधबार, जेठ ०२, २०७५१२:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अक्षय कुमारको फिल्म ‘केसरी’ को सेटमा लाग्यो आगो !