६९ वर्षीय यी चर्चित अभिनेत्रीको निधन, प्रधानमन्त्रीसंग थिइन् प्रेममा!

Leaderboard Banner

एजेन्सी, हलिउड चलचित्रमा आफ्नो अभिनयले दर्शकहरुको मन जित्न सफल भएकी अभिनेत्री मार्गोट किडरको आइतबार निधन भएको छ ।उनि कुनै समय चलचित्र “सुपरम्यान” मा हीरोइनको भूमिकाबाट ब्यापक चर्चामा छाएकी थिइन् । अभिनेत्री मार्गोट किडर ६९ वर्षकी भएकी थिइन् । सूचना अनुसार मार्गोट किडरको निधन मोन्टाना स्थित उनको घरमा भएको थियो ।

उनको निधनको खबर म्यानेजर कैमिला फ्लक्समैन पाइन्सले दिएका थिए । उनको अनुसार  मार्गोट किडरको  सुतेको अवस्थामै मृत्यु भएको हो।  मार्गोट किडरलाई हलिउड चलचित्रमा सक्कली पहिचान १९७८ सालमा आएको चलचित्र “सुपरम्यान” बाट प्राप्त भएको थियो । यस चलचित्रमा उनको लुईस लेन भूमिकालाई दर्शकहरुले निकै मन पराएका थिए । उनले आफ्नो जीवनमा कुल २० ओटा  चलचित्रमा काम गरेकी थिइन् । त्यति मात्र नभएर  १९८० सालमा क्यानाडाको प्रधानमन्त्री पियर ट्रूडोसंग प्रेम-सम्बन्धमा रहेको  कारण उनी चर्चामा आएकी थिइन् ।

 

प्रकाशित : बुधबार, जेठ ०२, २०७५१३:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

टिभी सिरियलका यी कलाकार जसले इन्टिमेट सिन दिन ठाडै अस्वीकार गरे