बलिउडका यी चर्चित ५ अभिनेत्रीका वास्तविक नाम जान्नु भएमा तपाईलाई अवश्यै झट्का लाग्नेछ

Leaderboard Banner

काठमाडौँ। बलिउडमा धेरै अभिनेता र अभिनेत्री छन् जसले मायानगरीमा प्रवेश गर्नु अघि या पछि नाम परिवर्तन गरे। आज हामी तपाईलाई ५ अभिनेत्रीहरुका वास्तविक नाम बताउँन गईरहेका छौँ जुन बारेमा तपाई अनजान हुनु हुन्छ होला।

सन्नी लियोनी

सन्नी लियोनी बलिउड फिल्म उद्योगको एक चर्चित नाम हो। तपाई यो जानेर आश्चर्यचकित हुनु हुन्छ होला कि अभिनेत्री सन्नी लियोनीको वास्तविक नाम करनजीत कौर वोहरा हो। सन्नीले सन् २०१२ मा फिल्म ‘जिस्म-२’ बाट आफ्नो बलिउड करियर सुरुवात गरेकी हुन्। अभिनय बाहेक उनको आइटम डान्स पनि दर्शकले खुबै मन पराएका छन्। उनी अहिले आफ्नो बायोपिक ‘करनजीत कौर-दी अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ को शुटिंगमा निकै व्यस्त छिन्। यस फिल्म मार्फत सन्नी लियोनीले स्वयमको जिन्दगीको सबै राजहरु खोल्ने बताएकी छिन् जुन शायद तपाईलाई थाहा नहुन सक्छ।

प्रीति जिन्टा

भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेत्री प्रीति जिन्टाको वास्तविक नाम प्रीतम सिंह जिन्टा हो। प्रीतिले सन् १९९८ मा फिल्म ‘दिल से’ मा सहायक पात्रको भूमिकाबाट बलिउडमा कदम राखेकी हुन्। प्रीति जिन्टा आईपीएलमा किंग्स ११ पञ्जाब टिमकी मालिक्नी पनि हुन्। उनी अन्तिम पटक सन् २०१४ मा रिलिज भएको फिल्म ‘ह्याप्पी ईण्डिङ्ग’ मा देखिएकी थिईन।

रेखा

सुन्दरताकी मिसाल रेखाको वास्तविक नाम भानुरेखा गणेशन हो। रेखाले तेलुगु फिल्म ‘रंगुला रत्नम’ मा बालकलाकारको भूमिकाबाट फिल्मी करियर सुरुवात गरेकी हुन्। सन् १९७० मा फिल्म ‘सावन भादो’ बाट उनले बलिउडमा प्रवेश गरेकी हुन्। उनलाई पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको थियो।

श्रीदेवी

श्रीदेवीको वास्तविक नाम श्री अम्मा याङ्गर अय्यपन हो। श्रीदेवीले हिन्दी सिने जगतमा सन् १९७९ मा रिलिज भएको फिल्म ‘सोलहवां सावन’ बाट प्रवेश गरेकी थिईन। उनले तमिल, मलयालम, तेलुगु, कन्नड भाषाका फिल्महरुमा पनि काम गरिसकेकी छिन्। श्रीदेवीको अल्पायुमै यसै वर्ष २४ फेब्रुअरीमा दुबईको एक होटेलमा निधन भएको हो।

जया प्रदा

जय प्रदाको नाम बलिउडका ती अभिनेत्रीहरुका सूचीमा समावेश छ जो आफ्नो सुन्दरता र अभिनयको लागि चिनिन्छन। पूर्व लोकसभा सांसद र सिने अभिनेत्री जया प्रदाको जिन्दगी रहस्य र रोमाञ्चले भरिपूर्ण छ। उनको जीवन कुनै न कुनै कारण चर्चामा रहन्छिन। जय प्रदाको वास्तविक नाम ललिता रानी हो।

(एजेन्सी)

प्रकाशित : मङ्गलबार, जेठ ०१, २०७५१८:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एब्स देखाउदै गरेकी उर्वशी रौतेलाको बोल्ड तस्वीर भयो ट्रोल!बन्दै छिन् मजाकको पात्र!