अमेरिका जाने डिभी चिठ्ठाको नतिजा भयो सार्वजनिक : यसरी हेर्नुस् ?

Leaderboard Banner

काठमाडौं । सन् २०१९ को अमेरिकाले इडिभी चिठ्ठाको नतिजा हिजो मध्यान्न राति सार्वजनिक भएको  छ ।

अमेरिकाले आज राति सन् २०१९ का लागि इडीभीको नतिजा सार्वजनिक गरेको हो । डिभी परेकोबारे थाहा पाउनको लागि डिभी चिट्ठा भर्दा पाएको कन्फर्मेशन नम्बर आवश्यक पर्छ ।

समाचारहरुमा आए अनुसार सम्भवत यसपटक डिभी अन्तिम हुनेछ । अहिले डिभी परेकाहरु सन् २०१९ मा अमेरिका जान पाउनेछन् ।

हजुरले डीभी भर्दा पाउनु भएको कन्फरमेशन नम्बर हालेर चिठ्ठाको नतिजा www.dvlottery.state.gov गएर हेर्न सक्नुहुन्छ ।

साथै अमेरिकी दूताबासले डिभीका लागि छनौट भएका व्यक्तिहरूलाई ईमेल वा पत्राचार मार्फत जानकारी नगराइने जानकारी गराएको हो। यदि कसैले झुठो ईमेल र चिट्ठीले झुकयाउन सक्ने हुँदा सजक रहन दूतावासको आग्रह रहेको छ ।

प्रकाशित : मङ्गलबार, जेठ ०१, २०७५१९:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

हिमाल आरोहण गर्दै गर्दा गाइडको मृत्यु!