कीर्ति आजादको ट्वीटबारे भाजपाले दियो यस्तो स्पष्टीकारण

Leaderboard Banner

काठमाडौं । केहि दिन पहिले भारतीय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा रहेका बेला मोदीकै पार्टी कै एक जना नेता कीर्ति आजादले नेपालबारे गरेको विवादित ट्वीटको भारतीय जनता पार्टीले (भाजपा) निन्दाले गरेको छ।

आजदले गरेको विवादास्पद ट्वीटको  भाजपाका महासचिव तथा परराष्ट्र विभाग हेर्ने विजय चौथइवालेले एक ट्वीटमार्फत आजादको ट्वीटको निन्दा गरेका हुन् ।

विजय चौथइवालेले एक ट्वीट:

उनले उक्त ट्वीटमा ‘कीर्ति आजादलाई धेरैपहिले नै पार्टीबाट निष्काशन’ गरिसकिएको बताएका छन्। त्यसैगरी उनले ट्वीट (भाजपा) नेपालको राष्ट्रिय र भौगोलिक अखण्डताको पक्षमा रहेको पनि प्रष्ट परेका छन्। त्यस्तै भाजपाका महासचिव विजय लेख्छन्, ‘हामी कीर्ति आजादको यो बदमासीपूर्ण ट्वीटलाई कडा शब्दमा निन्दा गर्छौं ।’ विजयले यो ट्वीटमा कीर्ति आजादलाई पनि मेन्सन गरेका छन् ।

मोदीले जनकपुर भ्रमण गरेको दिन शनिवार आजादले उनलाई र भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारलाई मेन्सन गर्दै जनकपुर र मिथिला क्षेत्रलाई भारतमा गाभ्नु पर्ने भनी आपत्तिजनक ट्वीट गरेका थिए ।उनले गरेको ट्वीटको नेपालमा कडा भर्त्सना गरिएको थियो । त्यसैगरी उनलाई कारवाही गरिनु पर्ने पनि आवाज उठिरहेका थिए।

उक्त ट्वीट नेपालमा हंगामा मच्चीएपछी २९ गते मोदीसँग भेट गर्ने क्रममा नेपाली नेताहरूले यो ट्वीटको प्रसंग समेत उठेका थिए

प्रकाशित : मङ्गलबार, जेठ ०१, २०७५१७:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

यस देशमा लागु भयो यौन हिँसा सम्बन्धी यस्तो कानुन!