विकासअघिको विनास

Leaderboard Banner

ललितपुर /बिगुल न्युज  राजधानीबाट तराई निस्कने छोटो बाटो हो, कान्ति लोकपथ । दक्षिण ललितपुरका पहाड छिचोलेर उत्तरी मकवानपुर हुदै हेटौडा निस्कने यो बाटोको दुरी ९२ किलोमिटर मात्रै छ ।

२०१७ सालमै बनेको यो बाटो उद्घाटनको क्रममा तत्कालीन राजा महेन्द्रले आफैले गाडी चलाएर हेटौडा पुगेको कारण त्यसताका देखि नै चर्चामा छ ।
तत्कालिन समयमा कान्तिलोकपथ रुखमा डोरी मा बाँधिएर छिनोले पहरो फोरेर नेपाली सेनाले बनाएको थियो । नेपाली सेनाले परम्परागत प्रविधि प्रयोग गरेर २०१३ सालमा शुरु गरेको कान्तिलोकपथ २०१७ सालमा सम्पन भइसकेको थियोे ।

कान्छी रानी कान्ती राज्यलक्ष्मीको नामबाट बनाइएको यस मार्ग अहिले फेरि निर्माण हुँदैछ । केही अघिसम्म ललितपुरको चापागाँउ टिकाभैरव, तीनपाने भञ्ज्याङ्ग,झाक्रिडाँडा,छपेली,बगुवासम्म संचालनमा रहेको यस बाटो मकवानपुरबाट ठिङ्गनसम्म बस सेवा सुचारु थियो।

वागमतीमा पक्की पुल सम्पन्न भएपछि अहिले हेटौडासम्म ३ घण्टामै पुग्न सकिन्छ । कान्तिलोकपथ सम्पन्न भएपछि ललितपुर र मकवानपुरका स्थानीय जनतालाई मात्रै होइन पुरै देशलाई फाइदा छ ।
अहिले ललितपुर र मकवानपुर छुट्टै छुट्टै ठेकेदार कम्पनीमार्फत दुई लेनको बाटो विस्तार गरिरहेका छन् । ललितपुर र मकवानपुरतर्फ केही ठाँउमा कालोपत्रे भइसकेको छ भने धेरै ठाँउमा ग्राइभेल सकेर कालोपत्रे गर्ने क्रममा छ । अहिले ललितपुर काल्चे र कार्कीवासमा ढुंगाको विशाल पहरो भेट्एिकाले फोर्ने काम चालु छ ।
सडक निर्माणको क्रममा जताततै पहिरो गएको छ । भित्तो खन्दा आएको माटो बाटोभन्दा तल फ्याक्दा पहिरो झैं देखिएको छ भने कतिपय ठाँउमा सुख्खा पहिरोले समस्या निम्त्याएको छ ।हिउदभरि डोजर र ब्रेकरले खोतलेपछि बर्षामा पहाड नै झर्ने हुँदा हरेक बर्ष पहिरोले विकराल रुप लिने गरेको छ ।

सडक विस्तारपछि स्थानीय किसानको घाँसपात विनास भएको छ भने लोकपथ तल रहेको बस्ती जोखिममा छ ।
हरेक दिन कामका क्रममा गाँउ बस्ती ओहोर दोहोर गर्न सथानीय किसानलाई समस्या छ ।

प्रकाशित : मङ्गलबार, जेठ ०१, २०७५१५:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एमाले-माओबादीबीच पार्टी एकता घोषणा कार्यक्रम: सभागृह जे देखियो (फोतोफिचर)