माधवकुमार नेपाल र प्रचण्डबीच भयो छलफल! यस विषयमा भयो छलफल!

Leaderboard Banner

काठमाडौँ, नेकपा (एमाले) का नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता चाँडो गर्ने विषयमा आज छलफल भएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दुई नेताबीच भएको छलफलका क्रममा छिटोभन्दा छिटो एकता संयोजन समिति बैठक राखेर रोकिएको एकता प्रक्रियालाई अगाडि बढाउनका लागि छलफल भएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

साम्यवादका प्रणेता कार्ल माक्र्सको जन्मजयन्तीको द्विशताब्दीका सन्दर्भमा प्रमुख वाम दलको सहभागितामा यही जेठ १६ र १७ गते काठमाडौँमा हुने सभालाई व्यवस्थित बनाउन अहिलेसम्म भइरहेका कार्यको पनि समीक्षा गरिएको बताइएको छ ।

प्रकाशित : मङ्गलबार, जेठ ०१, २०७५१४:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे राष्ट्रिय जनमोर्चाले के भन्यो ? [ विज्ञप्तीसहित ]