सन्दिप लामिछानेले दिल्लीको पेजबाट लाईभ गर्दै आफ्ना फ्यानहरु यस्तो भने [ भिडियो ]

Leaderboard Banner

काठमाडौँ । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफ दौडबाट बाहिर भैसकेको दिल्ली डेयरडेभलस् मा अनुबन्धित भएका नेपाली खेलाडी सन्दिप लामिछाने अहिले सम्म एउटा मात्र खेल खेल्न पाएका छन्। उनले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिलो खेल खेलेका थिए।

आफ्नो डेब्यू खेलमै विकेट लिन सफल भएका उनले राम्रो बलिङ प्रदर्शन विश्वभरका क्रिकेटप्रमीको मन जित्न समेत सफल भए। खेलबाट बाहिरी सकेको दिल्लीले १२ खेल खेलिसकेको छ भने अब २ खेल मात्र खेल्न बाँकि छ। अबका बाँकि खेलमा सन्दिपले खेल्न पाउने पनि लगभग निश्चित जस्तै छ।

यसैबीच सन्दिपले आफ्ना खेल प्रसंशक र सुभचिन्तकहरु सँग भलाकुसारी गर्न भन्दै दिल्ली डेयरडेभलसको अधिकारिक आधिकरिक फेसबुक पेजबाट लाईभ गरेका छन्। उनले आफ्ना फ्यानहरुसँग करिव १५ मिनेट गुफगाफ गरेका छन्।

भिडियो हेर्नुहोस:

प्रकाशित : मङ्गलबार, जेठ ०१, २०७५१४:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपाली क्रिकेटप्रेमीको लागि अर्को ठूलो खुसीको खबर: सन्दिप लर्डसमा हुने विश्व ११ को टिममा परे