गृहमन्त्रीलाई आफ्नै छोराबाट खतरा

Leaderboard Banner

काठमाडौं, १ जेठ । आफू निकट प्रहरी अधिकारीलाई राम्रो स्थान दिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समय नै नपुगी प्रहरी प्रमुखको हेरफेर गर्न थालेका छन् ।

गृह मन्त्रालयको दबावमा कास्की, मुस्ताङलगायत आधा दर्जन जिल्ला प्रमुखलाई समय अवधि नपुग्दै हटाइएको हो ।

गुण्डागर्दीलाई शुन्यमा झारेका कास्की प्रहरी प्रमुख अशोक सिंहलाई कारबाही झैं हटाएर राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका बिवादास्पद एसपी ओमबहादुर रानालाई कास्की प्रहरीको जिम्मा दिइएको छ । यो खबर जनप्रहार साप्ताहिकमा प्रकाशित छ ।

मुस्ताङमा पनि ९ महिनामात्र पुगेका डिएसपी रामहरी पाण्डेलाई प्रधान कार्यालय तानेर महेन्द्र खड्कालाई पठाइएको छ ।

समयअवधि नपुगी प्रहरी प्रमुख हटाइएपछि प्रधान कार्यालयमा समेत नयाँ आइजी सर्वेन्द्र खनालको योग्यतामा प्रश्न उठ्न थालेको छ ।

गृहमन्त्रीको दवावमा प्रहरी अधिकारीको मनोबल घट्ने कार्यमा आइजी संलग्न भएको आरोप उनी माथि लाग्न थालेको छ ।

डिएसपी र एसपी सरुवामा विवादित बन्दै गर्दा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेल हटाउने तयारीमा लागेका छन् ।

तीन महिना अगाडीमात्र काठमाडौं सरुवा भई आएका पोखरेल एक व्यवसायिक एवं दक्ष प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।

उनले डान्सबार, डिस्को थेक, क्लब, होटल रेन्टुरेन्टबाट तीन महिनाको अग्रीम पैसा खाने डिएसपीलाई कारवाहीको दायरामा ल्याएका थिए ।

पैसा असुल्ने सबै प्रहरीलाई नछाड्ने भन्दै ब्रिफिङ गरेपछि बृत्तका डिएसपीले पैसा असुल्न छाडेका छन् ।

आपराधिक गिरोहसँग साँठगाँठ गर्ने प्रहरी अधिकारीमाथी निगरानी बढाएपछि उनी मातहत प्रहरी अहिले एसएसपी पोखरेलको एम्बुसमा पर्ने डरले सर्तक रहेको चर्चा परिसर वृत्तमा छ ।

कुख्यात गुण्डा नाइके दिपक मनाङ्गेलाई जेल पु¥याउने एसएसपी पोखरलेलाई हटाएर गृहमन्त्री बादल एसएसपी वसन्त लामालाई ल्याउने तयारीमा छन् ।

जनजातीलाई प्राथामिकता दिँदै आएका गृहमन्त्रीले परिसरमा लामालाई ल्याउन आईजी खनाललाई दवाव दिएका छन् ।

गृहमन्त्रीको दवावमा बौद्धमा समेत असक्षम मानिएका डिएसपी श्याम राईलाई पठाइएको छ ।

एसपीको सरुवामा रक्तचन्दन तस्करीमा मुछिएकादेखि लागूऔषध प्रकरणमा निलम्बनमा परेकाहरूलाई समेत जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ ।

यो सबै गृहमन्त्रीको अडानमा भएको आईजी सचिवालय स्रोत बताउँछ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिन्डिकेट खारेजी र सुन तस्करीको जालो तोडेर कमाएको ख्याति अब बदनाम एसपीलाई आकर्षक जिल्लामा सरुवा गरेर धुजा–धुजा पारेका छन् ।

एसपी र पछिल्लो समयमा डिएसपीको सरुवामा गृहमन्त्री थापाका छोरा प्रतीक थापालाई केही खराब व्यक्तिले दुरुपयोग गरेको गृह मन्त्रालय स्रोतले बतायो ।

बालुवा तस्करीमा कहलिएको सो समुहले काठमाडौंमा आफु अनुकुलको एसएसपी पठाउन गृहमन्त्री थापालाई दबाब दिन थालेको वताइन्छ ।

त्यसका लागि एसएसपी बिश्वराज पोखरेललाई हटाएर बसन्त लामालाई पठाउन चलखेल सुरु भएको हो ।

मकवानपुर र कास्कीमा बस्दा अकुत सम्पत्ति जोडेका एसएसपी लामा अहिले सुन तस्करीको छानविनका लागि गठित विशेष अनुसन्धान समितिमा छन् ।

प्रकाशित : मङ्गलबार, जेठ ०१, २०७५०८:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सुन डन गोरेलाई ईन्काउन्टरको तयारी !