चार ठाउँमा आगलागी हुँदा रु सात लाख क्षति

Leaderboard Banner

कञ्चनपुर, १ जेठ : हावाहुरीका कारण कञ्चनपुरका छुट्टाछुट्टै चार ठाउँमा विद्युत् शर्ट भई आगलागी हुँदा झण्डै रु सात लाख भन्दा बढी मूल्यका घरपालुवा जनावर र कुखुरा जलेर मरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीका अनुसार पुनर्वास नगरपालीका बलभद्रबस्तीका शुक्र तामाङको गोठमा आइतबार आगलागी हुँदा गोठमा बाँधिएका चारवटा बाख्रा र खोरमा राखिएका २० वटा स्थानीय जातका कुखुरा जलेर मरेका छन् ।

हावाहुरीका कारण विद्युत् सर्ट हुँदा गोठमा अगालागी भएको हो ।

बाख्रासँगै गोठ पूरै जलेको प्रहरी नायब उपरीक्षक सेटीले बताउनुभयो ।

विद्युत् सर्ट भएर कुखुरा फार्ममा आगलागी हुँदा बेलडाँडी गाउँपालिका–२ का प्रेम रानाका फार्ममा राखिएका ४०० कुखुराका चल्ला जलेर मरेका छन् । फार्म पूरै जलेर नष्ट भएको छ ।

यसैगरी, बेलडाँडी–१ का धना कुँवरको कच्ची गोठमा आगलागी हुँदा दुईवटा गाईका बाच्छा जलेर मरेका छन् ।

लालझाडी गाउँपालिका–४ का गंगा बोहराको गोठमा आगलागी हुँदा एक भैँसी र दुई बाख्राको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चारवटै ठाउँमा आइतबार हावाहुरी आएका बेला आगलागी भएको बताइएको छ ।

हावाहुरीले दर्जनौँ स्थानीय बासिन्दाका घर, विद्यालयलगायतका छानासमेत उडाएर नोक्सानी गरेको छ ।

स्थानीय किसानले लगाएको केराखेतीमा समेत हावाहुरीले नोक्सानी पु¥याएको छ ।

प्रकाशित : मङ्गलबार, जेठ ०१, २०७५०७:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विश्वमै दुर्लभ बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी बढ्यो!