इन्स्टाग्राममा लाईक्स कसरी बढाउने? यस्तो छ सजिलो उपाय!

Leaderboard Banner

आधुनिकताको साथ आज-भोली मानिसहरु सामाजिक संजाल फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतमा व्यस्त रहने गरेका छन् । यी मध्ये बिशेष रुपमा तस्वीर र लाइभ बस्नको लागी प्रयोग गरिने साइट हो इन्स्टाग्राम । यसमा युजरहरु  प्राय: आफ्नो तस्वीरहरु राख्ने गर्दछन् । सबैलाई  चाहना हुन्छ कि आफ्नो तस्वीरमा धेरै भन्दा धेरै लाइक्सहरु आउन्, धेरैले राम्रो बयान गरुन भनेर । त्यसैले इन्स्टाग्राम युजरहरुको चाहाना अनुरुप  अनेक  सफ्टवेयरहरु बजारमा आएका छन् । जसबाट लाईक्स बढाउने गरिन्छ । यी सफ्टवेयरहरुमा आफ्नो अकाउन्ट लगिन गरेर लाइक्स बढाउने क्रममा धेरैको एकाउन्ट ह्याक भएको पनि समाचारहरु आईरहेका छन् ।

यी कुराहरुलाई मध्यनजर गर्दै आफ्नो तस्वीरमा लाईक्स बढाउन चाहनेहरुको लागी प्लेस्टोरमा एप्स सार्वजनिक गरिएको छ । जसबाट सजिलै आफ्नो तस्वीरमा लाइक्स बढाउन सकिन्छ ।

१. मोबाइलको प्लेस्टोरमा जानुहोस् ।

२. सर्चमा गएर ( लाइक-ट्याग्स) लेख्नुहोस् ।

३. पान अथवा मुटुको चिन्ह भएको एप्सलाई डाउनलोड गर्नुहोस् ।

४. इन्स्टल भएपछि त्यसमा आफ्नो अकाउन्ट लगिन गर्नुहोस् ।

५. लगिन भएपछि त्यहाँ ८ सेकेन्ड कुर्नुहोस् भनेर देखाउछ, एकछिन कुर्नुहोस् र त्यस पछि आफ्नो इन्स्टाग्राममा एप्सलाई खोलेर  रिफ्रेस गर्नुहोस् । लाइक आउन सुरु हुनेछ ।

प्रकाशित : मङ्गलबार, जेठ ०१, २०७५१४:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

“मास्टर साप” अफिसमै यसरी मस्त निधाएरै पकाउछन् तलब: यी छाडा साँढेलाई कसले तह लाउने ?