मोदीकी आमाबारे गरिएको एउटा ट्वीटले भारतमा मच्चियो यस्तो खैलाबैला [ उक्त ट्वीटसहित ]

Leaderboard Banner

एजेन्सी । आइतबार मे १३ ‘मदर्स डे’ को अवसरमा विश्वभरका मानिसहरुले आआफ्नै तौरतरिकाले मनाए अनि आफ्नो आमाको माया ममता र योगदानको उच्च मुल्यांकन गर्दै स्मरण पनि गरे।

उक्त भारतमा भने मदर्स डे सम्बन्धी एउटा ट्वीट हंगामै मच्चाई दियो। जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लक्षित ट्वीट थियो। भारतका एक जना चर्चित प्रस्तोताले मोदीको आमाको विषय उठाएर एउटा ट्वीट गरे। ट्वीटरमा ‘भ्वाईस अफ राम’ लेखिएको उक्त भेरिफाइड ट्वीटर ह्यान्डलबाट गरिएको ट्वीट लेखिएको थियो, ‘यदि नरेन्द्र मोदीकी आमाले गर्भपतनबारे विचार गरेको भए त्यो भारतका हरेक छोराका लागि उत्कृष्ट उपहार हुने थियो ।’ यो पोष्टसहित छेवैमा ‘मदर्श डे’ ह्यासट्यागको पनि राखिएको थियो ।

त्यो ट्वीटपछि भारतमा खैलाबैला नै मच्चियो। धेरैले महाराष्ट्र सरकारसँग उक्त ट्वीटर ह्यान्डल चलाउने विरुद्ध मुद्दानै दर्ता गनुपर्ने माग समेत गरे । जुन ट्वीटर ह्यान्डल ट्वीटरको तर्फबाट भेरिफाइड छ। यो ट्वीटर ह्यान्ड एक टीभि रियालिटी शोका प्रस्तोता तथा पूर्व आम आदमी पार्टीसम्बद्ध राधुरामले चलाउने गर्छन्।

यो  ह्यान्डलमा खासगरी धेरैजसो ठट्टायुक्त ट्वीटहरु ट्वीट हुने गरेका छन्। तर, बेलाबेलामा थप्रै पटक निकै आपत्तिजनक ट्वीटहरु पनि हुने गरेका छन्। जसका कारण पनि यो ट्वीटर ह्याण्डल सधैजसो चर्चामा आउने गरेको छ । अहिले मोदीको विषयमा गरिएको उक्त ट्वीट भने हटाईएको छ।

यस्तो थियो उक्त ट्वीट:

प्रकाशित : सोमबार, बैशाख ३१, २०७५१५:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भारतमा फेरी प्रतिघण्टा १०९ किलोमिटरको डरलाग्दो आँधी: ४१ को मृत्यु