कूटनीतिक मर्यादा बिर्सेर देशको स्वभिमानमै खलल पुग्ने अभिव्यक्ति दिनु गलत !

Leaderboard Banner

काठमाडौं । सत्ताधारी दल नेकपा एमालेका वरिष्ठ नेता भीम रावलले जिम्मेवार व्यक्तिले कूटनीतिक मर्यादा नै विर्सेर, राष्ट्रिय स्वाधिनता र अस्तित्वमाथि प्रश्न चिन्ह उठ्ने गरी अभिव्यक्ति दिनु गलत भएको बताएका छन्।

आजको व्यवस्थापिका संसदमा समय मागेर बोल्दै नेता रावलले प्रदेश नम्बर २ का मुख्यमन्त्रीले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा नागरिक अभिनन्दन गर्ने क्रममा दिएको अभिव्यक्तिलाई संकेत गर्दै कुनै पनि जिम्मेवार पदमा रहेको व्यक्तिले देशको र राज्यको कूटनीतिक मर्यादालाई नै वस्ता नगरी देशको स्वाधिनता र अस्तित्व र अस्मितामताही नै प्रश्न खडा गर्ने गरी अभिव्यक्ति दिन नहुने निकै निन्दयीय र दुखद भएको बताएका हुन्।

रावलले देशको कूटनीतिक मर्यादामाथि नै खलल पार्ने काम अब कुनै पनि हालतमा पुनरावृति हुन नहुने बताएका छन् । नेता रावलले हामीसँग भएका पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र लुम्बिनीजस्ता धार्मिक स्थलहरुबाट पर्यटन विकास गर्न सकिने समेत उनले बताए।

प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी भएको, राज्यबाट आफुहरु उत्पिडनमा परेको लागयतका अभिव्यक्ति भारतीय प्रधानमन्त्री मोदीका अगाडि दिएका थिए।

प्रकाशित : सोमबार, बैशाख ३१, २०७५१२:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पक्राऊ परेका आफ्ना कार्यकर्ता छुटाउन स्कटिङमा रहेको प्रहरीमाथि नै आक्रमण !