रामेछापमा भिषण वर्षापछि बाढी: परिक्षा दिन हिँडेका विधार्थीलाई बगायो (तस्विरसहित)

Leaderboard Banner

काठमाडौँ । भिषण वर्षापछि आएको बाढी र पहिलोले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीको जनजीवन अस्तव्यस्त बनाइदिएको छ। ठूलो वर्षापछि आएको भलबाढीले जिल्ला सदरमुकाम मन्थलीमा दर्जनौँ घर डुवानमा परेका छन् भने परिक्षा दिन गएका विधार्थीलाई समेत बाढीले बगाएको समाचर आएको छ।

यसैबीच रामेछाप जिल्लाको सदरमुकाम समेत रेहेको मन्थली नगरपालिकास्थित भटौली रुद्राक्षेश्वर मा.वि. केन्द्रमा परीक्षा गएकी मन्थली माविमा अध्यनरत उस्मा फुँयाललाई खोलाले बगाएर बेपत्ता बनाएको छ। तर, उनीसँगै बाढीमा बगेका ६ विधार्थीहरुको भने शकुसल उद्धार गरिएको छ।  खोलामा बगेर बेपत्ता भएकी फुँयाललाई नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोजि गरिरहेको छ। फुयाँललाई खोज्न स्थानीयवासीहरु पनि जुटेका छन्।

बढीले अत्यधिक प्रभावित परेका सदरमुकामको बजार क्षेत्रमा पर्ने बसपार्क, खाँदबारी, ट्राफिक चौक, गडुवारी र  आकाशेमा बाढीसँगै आएको ढुँगामाटोले घर, तथा विभिन्न स्थानमा रोकेर राखेका मोटरसाईकल र अन्य गाडीहरु माटोले पुरिएका छन्।

बढीले सडकमा कतै माटो थुपारी दिएको छ भने कतै बाटोमै पानीले खोलेर ठूला ठूला खाल्डा बनाईदिएको छ । बाढीसंगै आएको पहिरोले पनि  केही घर र पसलमा क्षति पुर्याई दिएको छ। जुन तपाईहरुले तस्विरमा पनि हेर्न सक्नु हुन्छ। बजारका घर तथा पसलमा माटो र हिलो पसेको छ। कतै घर छेऊको सडकमा राखिएका मोटरसाइकल पुरिएका छन् भने बसपार्कमा पार्किङ गरेर राखेका गाडीहरु समेत बढीले गर्दा तलको भाग पुरिएर निकाल्ने गर्ह्रो हुनेगरी फँसेका छन्।

बढीले क्षति पुर्याएको जानकारी आएपश्चात नै नेपाली सेना, प्रहरी तथा स्थानीय उद्धारकर्मीहरु रातिबाट नै उद्धार कार्यमा परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

तस्विर- विभिन्न व्यक्तिहरुको फेसबुकबाट 

प्रकाशित : सोमबार, बैशाख ३१, २०७५११:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एकै घरमा ७ जना मृत अवस्थामा फेला: घटना रहस्यमय !