‘तेस्रो लिङ्गी’ले ठमेलमा यसरी गर्छन् लुटपाट

Leaderboard Banner
फाइल फोटो

काठमाडौँ,   ‘तेस्रो लिङ्गी’लाई पर्यटकीय नगरी ठमेल र दरबारमार्ग क्षेत्रमा राति घुमघाम गर्न निषेध गरिएको छ । रात्रिकालीन मनोरञ्जन गर्न आउने पर्यटक लुटिन थालेपछि तेस्रो लिङ्गीलाई निषेध गरिएको हो । आजको गोरखापत्रमा खबर छ
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समिर गुरुङले ठमेलमा रमाइलो गर्न आउने पर्यटकको पर्स र सुनका गहना लुटिन थालेपछि अपराध नियन्त्रण गर्न स्थानीय प्रहरीसँगको सहकार्यमा रात्रिकालीन सुरक्षागस्तीको व्यवस्था गरिएको बताए  ।

‘राति ९ नबज्दै सडकमा निर्लज्ज ढङ्गले रमिता देखाउने, पैसा चोर्ने र एक्लो– अर्को व्यक्तिलाई कुटपिट गरेर लुटपाट गर्न थालेपछि तेस्रो लिङ्गीलाई निषेध गरेका हौं, उनले स्पष्ट पारे  । दुई हप्ताअघिबाट यस्तो अभियान सञ्चालन गरेको जानकारी पनि उनले दिए  ।

युवतीको भेषमा समूह बनाएर ठमेल र दरबारमार्ग आउने तेस्रो लिङ्गीले हप्तामा दुई÷तीन दिन लुटपाट र पकेटमारी गर्ने गरेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

प्रकाशित : सोमबार, बैशाख ३१, २०७५०९:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पत्रपत्रिकामा प्रकाशित आजका कार्टुन