केटीले नै मन्जुर नगरेपछि बालविवाह रोकियो

Leaderboard Banner
सांकेतिक तस्विर

महोत्तरी, ३१ वैशाख,महोत्तरी प्रहरीले आइतबार एक बालविवाह रोकेको छ ।

जलेश्वर नगरपालिका–१ स्थित महादेव मन्दिरमा हुन लागेको विवाह केटीले नै विवाह मन्जुर नगरेपछि प्रहरीको सहयोगमा सो विवाह रोकिएको हो ।

जलेश्वर नगरपालिका–९ परिकौलीका २७ वर्षीय गणेश चौधरी कलवारको महोत्तरी गाउँपालिका–४ की १७ वर्षीया रागनीकुमारी चौधरीसँग हुन लागेको सो बालविवाह रोकिएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारीअनुसार दुलही रागिनीले नै सो विवाह अस्वीकार गरेको सूचना प्राप्त भएपछि तत्काल प्रहरीको टोलीले सो विवाह रोकेको हो ।
उक्त बालविवाह रोका गरी दुलाहा र दुलहीलाई अभिभावकको जिम्मा लगाइएको प्रहरी उपरीक्षक कुवेरसिंह कडायतले जानकारी दिनुभयो ।

प्रकाशित : सोमबार, बैशाख ३१, २०७५०८:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

रामेछापमा भिषण वर्षापछि बाढी: परिक्षा दिन हिँडेका विधार्थीलाई बगायो (तस्विरसहित)