शुक्र ग्रह मिथुन राशिमा गोचर हुँदै, कुन राशीलाई कस्तो असर हेर्नुहोस् !

Leaderboard Banner

ज्योतिषशास्त्रका अनुसार कला, प्रेम और वैवाहिक सुखको कारक मानिने शुक्र ग्रहले मे १५ बाट मिथुन राशिमा गोचर हुने छ। हिन्दू ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई शुभ ग्रह मानिने गरिन्छ। शुक्र ग्रहलाई वृष र तुला राशिको स्वामित्व प्राप्त हुने गर्छ। मिथुन राशिमा प्रवेश भएसँगै कुनै पनि व्यक्तिको जीवनमा कस्तो असर पर्छ भन्ने कुरा आज हामी तपाईलाई बयाउने छौं।

मेष राशी :
शुक्र ग्रहको राशी परिवर्तनले मेष राशी हुनेहरुको लागि धन लाभ दिलाउन सक्ला। पराक्रममा वृद्धि समेत हुन सक्ला। तपाईको साहस र बल पनि बढ्न सक्ला। प्रतिष्ठा बढ्न सक्ने प्रवल सम्भावना बढ्न सक्ला। साथै परिवारको सहयोग समेत बढ्ने हुन्छ।

वृष राशी :
तपाईको लागि यस राशी परिवर्तन अत्याधिक लाभ-दायक रहने छ। सन्तान प्राप्तिको योग बन्न सक्ला। आर्थिक लाभ उच्च हुने देखिन्छ भने स्वास्थ्यमा भएको बिकर पूर्णरुपले हटेर जाने योग बन्न सक्ला। नयाँ कुरा सिक्न उत्सुकता बढ्न सक्ला। स्त्री सुख प्राप्त हुन सक्ला।

मिथुन राशी:
यस राशी परिवर्तनबाट तपाई धेरै प्रकारको लाभ उठाउन सफल हुनुहुनेछ। प्रेम जीवनमा भएका सम्पूर्ण समस्या हल हुन सक्ला भने तपाईको शत्रुलाई पराजित हुने योग बन्न सक्ला। अध्ययनमा सफलता मिल्न खासै मिहिनेत गर्नु नपर्ला। उपहार समेत प्राप्त हुन सक्ने योग बन्न सक्ला।

कर्कट राशी:
विशेषतः तपाईको प्रेम जीवनमा यस राशी परिवर्तनले प्रतक्ष असर देखाउन सक्ला। प्रेम जीवनमा मधुरता थपिन सक्ला। आर्थिक लाभ राम्रै हुने भएता पनि घर-सजावटको कार्यमा आर्थिक खर्च भने बढ्न सक्ला। अध्ययनमा सफलता बढ्न सक्ला।

सिंह राशी :
तपाईको लागि यस राशी परिवर्तनले सामाजिक सम्मान दिलाउन सक्ला। बिग्रिएको सम्बन्ध समेत सुध्रने अवस्था आउन सक्ला। साथै वैदेशिक यात्राको योग बनाउन यस राशी परिवर्तन सहयोगी हुने देखिन्छ। प्रेमीको हरेक कार्यमा सहयोग बढेर जान सक्ला।

कन्या राशी:
यस राशी परिवर्तन तपईकोम लागि दुखदायी रहन सक्ला। शारीरिक समस्याले सताउने देखिन्छ भने मानसिक चिन्ता समेत बढ्ने योग बन्न सक्ला। व्यर्थ खर्च हुन सक्ला। शत्रु समेत सक्रिय हुन सक्ने हुँदा संयम रहनु होला। कानुनी समस्या आउन सक्ला।

तुला राशी :
यस राशी परिवर्तनले तपाईको जीवनमा खुसियाली दिलाउने देखिन्छ। पारिवारिक समस्या हल गर्न यस परिवर्तन सहयोगी हुन सक्ला। नयाँ कपडा साथै गहना प्राप्त हुन सक्ला। स्वास्थ्य उत्तम हुनेछ। भाइबहिनीहरूबाट लाभ र सहयोग मिल्न सक्ला।

वृश्चिक राशि:
यस परिवर्तनले तपाईलाई अत्याधिक आर्थिक लाभ दिलाउने भएता पनि विलासितामा तपाईको खर्च बढेर जाने देखिन्छ। आनन्द र विलासिताको सामग्री प्राप्त गर्न राम्रै खर्च हुन सक्ला। स्वास्थ्य सामान्य रहन सक्ला। राजनीतिक रुपमा पनि तपाईको सामान्य लाभ मिल्ने देखिन्छ।

धनु राशी:
यस परिवर्तन तपाईको लागि कष्ठकर हुने देखिन्छ। हरेक कार्यमा बाधा आइपर्नाले मानसिक तनाव बढ्न सक्ला। अथक परिश्रमका वावजुत पनि तपाईलाई भने जस्तो सफलता मिल्न गार्हो हुन सक्ला। अपमानित हुन पर्ला। धनहानि हुन सक्ने समेत योग बन्न सक्ला।

मकर राशी :
यस ग्रह गोचरले तपाईको जीवनमा शत्रु थप गर्ने काम गर्ने देखिन्छ। बिना कारण झैँ-झगडामा फस्न सक्ने योग बनाउन यस राशी परिवर्तन सफल हुने देखिन्छ। साझेदारी पूर्ण रुपले घटक बन्ने देखिन्छ। जीवनसाथीबीच पनि मतभेद बढ्न सक्ला।

कुम्भ राशी :
यस परिवर्तनले तपाईको जीवनमा खुशीको बहार ल्याउन सक्ला। धन प्राप्त हुन खासै गार्हो नपर्ने हुँदा सम्पूर्ण आर्थिक कार्य सरल तरिकाबाट सम्पन्न हुन सक्ला। प्रतिष्ठामा वृद्धि एस्साथै शत्रु समेत नाश हुने यो बन्न सक्ला। प्रेम सम्बन्ध सफल हुनेछ।

मिन राशी :
यस राशी परिवर्तनले तपाईको ठुलो मनोकामना पुरा गराउन सक्ला। तपाईको आर्थिक लगानी बिलासिता सामग्रीमा रहन सक्ला भने सवारी खरिद गर्ने समेत सहित जुर्न सक्ला। प्रेम जीवनमा स्नेह बढेर जान सक्ला भने तपाईको व्यवसायिक यात्रा पनि सफल हुने योग शिर्जना हुन सक्ला।

प्रकाशित : आइतबार, बैशाख ३०, २०७५२०:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

भोलिबाट सूर्यले राशि परीवर्तन गर्दै, १५ जुनसम्म यी ७ राशिहरुको चम्किनेछ भाग्य!