धर्मशास्त्रका अनुसार मृत्यु हुनुभन्दा छ महिना अगाडी यस्ता संकेत देखिन्छन्!(हेर्नुहोस्)

Leaderboard Banner

जन्म भएपछी मरण निश्चित भएको कुरा त सर्वविधितै छ। यस धर्तीमा जन्मिएपछि ढिलो-चाडो सबै जनाको मृत्यु पक्कानै हो। तर मृत्यु कस्तो रहने कुरामा हरेको चिन्ता रहने गर्छ। आफ्नो मृत्युको बारेमा जान्न खोज्ने हरेक आफ्नो मृत्युलाई लिएर त्रशित साथै जिज्ञासु रहने गर्छन। हिन्दु धर्म ग्रन्थ अनुसार मृत्युलाई हरेक तरिकाबाट व्याख्या गरिएको छ। आज हामी तपाईलाई गरुड़ पुराणमा उल्लेखित केहि कुरा बताउने छौं। जो मृत्यसंग जोडिएको छ। गरुड़ पुराण एक यस्तो ग्रन्थ हो जसमा जन्म देखि मृत्यु अनि मृत्यु पछिको जीवनको बारेमा पनि बताईएको छ।

गरुड़ पुराणमा विभिन्न लक्षणको बारेमा उल्लेख गरिएको छ। जुन मृत्यु हुनु भन्दा लगभग ६ महिना अगी शुरु हुने गर्छ।
मृत्यु नजिक आएसँगै मानिसले आफ्नो नाक देख्न छोड्छ। मृत्यु नजिक हुँदै जाँदा मानिसको आँखा माथि सर्दै गैरहेको हुनाले नाक देख्न सक्दैन। कोहि व्यक्तिले आफ्नो नाम साथै अनुहार आफ्नो आँखाले देख्न सक्दैन भने मृत्यु नजिक आएको बुज्नु पर्ने हुन्छ। ऐना हेदा आफ्नो अनुहार पनि चिन्न नसक्ने व्यक्तिको मृत्यु नजिक आएको बुझ्न सकिन्छ।

जव मृत्यु नजिक हुँदै जान्छ तव मानिसको जिब्रोले पनि काम गर्न छोड्छ। खानामा स्वाद नभेट्नाले खानमा रुची हटेर जाने हुन्छ। बोलीमा पनि स्पष्ठता समेत हटेर जाने गर्छ भने सुर्य साथै चन्द्रमामा समेत फिक्कापन देख्ने गर्छ। साथै चन्द्रमा अथवा सुर्यमा कालो साथै रातो घेरा लागेको अनुभव गर्ने व्यक्तिको मृत्यु नजिकै आएको बुज्नु पर्छ भन्ने विश्वास गरिन्छ।

यदि कोहि मानिसको मृत्यु नजिक आइरहेको छ भने दुई हातले कान बन्द गर्दा केहि पनि नसुन्ने हुन्छ। तर सामान्य मान्छेले आफ्नो हातले काम थुन्दा भने केहि न केहि भने पक्कै सुनिन्छ। शरीर पहेंलो हुँदै जानु साथै पाँच इन्द्रियले काम गर्न छोड्नु पनि मृत्युको संकेत हो भनेर गरुड़ पुराणमामा उल्लेख गरिएको छ।

प्रकाशित : आइतबार, बैशाख ३०, २०७५१४:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

शुक्र ग्रह मिथुन राशिमा गोचर हुँदै, कुन राशीलाई कस्तो असर हेर्नुहोस् !