आज एका बिहानै बम विस्फोट, स्थानीय त्रसित

Leaderboard Banner
सांकेतिक तस्विर।

रामपुर पाल्पा ,३० वैशाख। यहाँ आज बिहानै बम विस्फोट भएको छ ।  सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा आएको ठूलो आवाजबाट स्थानीयवासी त्रसित भएका छन् ।
विस्फोटक पदार्थ के भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विनोद घिमिरेले बताउनुभयो ।

नजिकै भेटिएका टुक्रालाई आधार मान्दा प्रेसर कुकर बम हुनुपर्ने उहाँको अनुमान छ । यसैबीच नेकपाले आह्वान गरेको बन्दले जनजीवन बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो सवारी साधन छुटेका छैनन् । शैक्षिक संस्था, बजार पसल सबै ठप्प छन् ।

प्रकाशित : आइतबार, बैशाख ३०, २०७५१२:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

रामेछापमा भिषण वर्षापछि बाढी: परिक्षा दिन हिँडेका विधार्थीलाई बगायो (तस्विरसहित)